| मङ्लबार, अशोज १२, २०८३

गोर्खाली रनिङ कप अन्तरगत आज सेमिफाइनल खेलहरु हुँदै

जिल्लामा जारी गोर्खालि रनिङ कप अन्तरगत आज (मंगलबार) सेमिफाइनल खेलहरु हुँदै छ । सेमिफाइनलको पहिलो खेल दिउँसो १ बजे चाइनिजधारा परिवार र समिचौर युवा परिवार छेवेटारबीच हुने आयोजक हरमटारी क्लवले जनाएको छ ।
यस्तै, दोस्रो खेल आयोजक हरमटारी क्लव र लक्ष्मीबजार हर्ट क्लवबीच हुने बताइएको छ । सेमिफाइनका बिजेताहरु बुधबार हुने फाइनल खेलमा भिड्नेछन् ।

सोमबार भने क्वाटरफाइल अन्तरगत दुई खेलहरु सम्पन्न भएका छन् । पहिलो खेल सुर्यदय युवा परिवार छेवेटार र समिचौर युथ क्लव गोनपा–१० बीच प्रतिस्पर्धा भएको थियो । सो खेलमा १–० ले सुर्यदयलाई हराउँदै समिचौर युवा क्लव बिजयी बनेको थियो ।सोमबारको दोस्रो खेल आयोजक हरमटारी क्लव र न्यु दौतरी युवा क्लव चित्रेपोखरीबीच भएको थियो । उक्त खेलमा २–१ को गोल अन्तरले हरमटारी क्लव विजयी बनेको थियो ।

क्वाटरफाइनलअन्तरगत आइतबार भएका खेलमा नारायणी मोटर्स युनिक क्लव चितवनलाई हराउँदै चाइनिजधारा परिवार सेमिफाइनलमा प्रवेश गरेको हो । यस्तै, लक्ष्मीबजार हर्ट क्लव भने सुर्यपुर एफसी कालिका चितवनलाई ५–१ को गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । जिल्लाकै सर्वाधिक पुरस्कार राशी रहेको प्रतियोगिताको उपाधि बिजेता टिमले चार लाख नगद पुरस्कारको साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपबिजेताले दुई लाख नगद पुरस्कारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

खेलमा अनुशासित टिमलाई ३५ हजार, सवोृकृष्ट खेलाडीलाई २५ हजार, उच्च गोलकर्तालाई १५ हजार, सर्वोत्कृष्ट गोलरक्षकलाई १५ हजार र उदीयमान खेलाडीलाई प्रोत्साहनस्वरुप १० हजार नगद पुरस्कारको व्यवस्था समेत गरिएको क्लबले जनाएको छ । खेलमा सहभागी खेलाडीहरुको तीनलाख रकम बराबरको दुर्घटना बिमा समेत गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्