| मङ्लबार, अशोज १२, २०८३

नवौँ गोर्खाली रनिङ कप अन्तरगत क्वाटर फाइनल खेलहरु सुरु

जिल्लामा जारी नवौँ गोर्खाली रनिङ कप फुटबल प्रतियोगिता अन्तरगत क्वाटर फाइनलको खेलहरु सुरु भएको छ । प्रतियोगिताको पाँचौँ दिन आईतबारबाट क्वाटर फाइनल खेलहरु सुरु भएको हो ।

जसअन्तरगत पहिलो खेल आइतबार दिउँसो १ बजे, नारायणी मोटर्स युनिक क्लव चितवन र चाइनिजधारा परिवार बीच भएको थियो । सो खेलमा ६–० को फराकिलो गोल अन्तरले चाइनिजधारा विजयी बनेको छ । यस्तै, दोस्रो खेल दिउँसो ३ बजे लक्ष्मीबजार हर्ट क्लव र सुर्यपुर एफसी कालिका चितवनबीच भएको थियो । उक्त खेलमा ५–१ को गोल अन्तरले लक्ष्मीबजार हर्ट क्लव विजयी बनेको छ ।

प्रतियोगिताको छैँठौँ दिन सोमबार, क्वाटर फाइनल अन्तरगत दुई खेलहरु हुने आयोजक हरमटारी क्लवले जनाएको छ । सोमबार पहिलो खेल दिउँसो १ बजे सुर्यदय युवा परिवार छेवेटार र समिचौर क्लव गोनपा–१० बीच हुने आयोजकको भनाई छ । दोस्रो खेल भने दिउँसो तीन बजे आयोजक हरमटारी क्लव र न्यु दौतरी युथ क्लव चित्रेपोखरीबीच हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्