| मङ्लबार, अशोज १२, २०८३

सहिद लखन १ मा खेलाडी सम्मान

सहिद लखन कप रनिङशिल्ड भलिबल प्रतियोगिता लगातार दुईबर्षसम्म जित्ने वडा नं. १ का खेलाडीहरुलाई सम्मान गरिएको छ । गत शनिबार वडा नं. १ को कार्यालयमा आयोजित खेलाडी सम्मान कार्यक्रममा राष्ट्रिय भलिबल संघका केन्द्रीय उपाध्यक्ष युवराज श्रेष्ठ र वडाअध्यक्ष प्रेम गुरुङले संयुक्त रुपमा खेलाडीहरुलाई सम्मान गरेका हुन् ।

प्रथम सहिद लखन थापा स्मृति दिवसको अवसरमा आयोजित अन्तर वडा सहिद लखन कप रनिङशिल्ड पुरुष भलिबल प्रतियोगिता वडा नं. १ ले पोहोर र अहिले लगातार जितेका थिए ।

कार्यक्रममा केन्द्रीय उपाध्यक्ष श्रेष्ठ, वडा अध्यक्ष गुरुङ तथा काठमाडौँमा व्यवसाय गर्ने स्थानीय समाजसेवी काशिनाथ पन्तले खेलाडीको प्रसंसा गर्दै तेस्रो पटक पनि जितेर शिल्ड आफ्नो बनाउन शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्