| मङ्लबार, अशोज १२, २०८३

गोरखामा प्रथम जेसीज फुटसल प्रतियोगिता हुने

गोरखामा प्रथम जेसीज फुटसल प्रतियोगिता हुने भएको छ । गोरखा जेसीजको आयोजनामा चैत्र १ गतेबाट प्रतियोगिता हुन लागेको हो । गोरखा नगरपालिका–९ दलभन्ज्याङस्थित खेलमैदानमा हुने प्रतियोगितामा राष्ट्रिय निरुपित उपाध्यक्ष अभिषेक दुलालको मातहतमा रहेको ‘एरिया बि’का शाखाहरु सहभागि हुन पाउने गोरखा जेसीजका अध्यक्ष सुमन गुरुङले बताए ।

‘क्षेत्र ख अन्तरगत १५ समूह छन्, त्यसमध्ये एउटा महिला समूह भएकाले १४ टिम सहभागी हुन्छन् भन्ने अपेक्षा हो,’ उनले भने, ‘जेसीज संस्थामा आवद्ध भएकाहरु मात्र खेलमा सहभागी हुन पाउछन् ।’ गोरखासहित तनहूँ, वाग्लुङ, लम्जुङ, कास्की, पर्वत, स्याङ्जा र चितवन जिल्लाबाट प्रतियोगितामा सहभागीता रहने उनले जानकारी गराए ।

नकआउट विधिबाट संचालन हुने उक्त प्रतियोगितामा पहिलो हुने टिमले ५० हजार र दोस्रो हुनेले ३० हजार नगद पुरस्कार पाउने छन् । विभिन्न विधामा समेत नगद पुरस्कार राखिएको अध्यक्ष गुरुङले बताए । युवाहरुको क्षमता बृद्धिसँगै जिल्लामा पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले प्रतियोगिता गर्न लागिएको उनले जानकारी दिए । खेलको माध्यमबाट बिभिन्न जिल्लाका जेसीजबीचको सम्बन्ध थप सुमधुर हुने अपेक्षा समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्