
प्रथम अन्तरपालिका सितोरियो कराँतेमा गोरखालाई एक स्वर्णसहित ४ पदक
चितवनमा सम्पन्न प्रथम अन्तरपालिका आमन्त्रित सितोरियो कराँते प्रतियोगितामा गोरखाले एक स्वर्णसहित ४ पदक हात पारेको छ । भरतपुर कभर्ड हलमा २३ र २४ गते दुईदिन भएको प्रतियोगितामा गोरखाले एक स्वर्ण, २ रजत र एक कास्य हात पारेको हो ।
पदक जित्नेमा ५० केजी तौल समूह तर्फ रुपेश गुबाजुले स्वार्ण, ४० केजीमा हरि बोहोरा र ६० केजीमा प्रबिन अस्लामीले रजत पदत जित्न सफल भएको गोरखा सितोरियो कराँतेका बुद्ध लामाले बताए । यस्तै माइनस ६१ केजीमा सृष्टि श्रेष्ठले कास्य पदक हात पारेकी थिइन् ।
पुरुषतर्फ मोर्डन इङलिस बोर्डिङ स्कुलमा अध्यायनरत रुपेश गुबाजु उत्कृष्ठ बनेको उनले बताए । उनले रु पाँच हजार पुरस्कार समेत प्राप्त गरे । गोरखाबाट सात जना खेलाडीहरु प्रतियोगितामा सहभागि हुन पुगेका थिए ।
प्रतियोगितामा भरतपुर महानगरपालिका ८ स्वर्ण र एक रजत गरी ९ पदक जित्दैँ प्रथम भएको छ । यस्तै हेटौंडा उपमहानगरपालिका दोस्रो भएको छ । उसले २ स्वर्ण, २ रजत र २ काँस्य गरी कुल ६ पदक जितेको छ । २ स्वर्ण र ५ रजतसहित ७ पदक जितेको गोलबजार नगरपालिका तेस्रो स्थान हासिल गर्न सफल भएको छ ।
समूह प्रथम भएको भरतपुरले ३० हजार रुपैयाँ प्राप्त गरेको छ । यस्तै दोस्रो हेटौंडाले २० तथा तेस्रो गोलबजारले १० हजार प्राप्त गरेको छ । काठमाडौंको निलकण्ठ नगरपालिका अनुशासित टिम भएको थियो । प्रतियोगितामा बागमती, गण्डकी र मधेश प्रदेशका १४ पालिकाबाट २ सय १० खेलाडी सहभागी थिए । उनीहरुले १५ विधामा १५ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए ।




