| मङ्लबार, अशोज १२, २०८३

गोरखाका मार्सल आर्ट खेलाडी श्रेष्ठ सम्मानित

शहीद लखन गाउँपालिका–८ बुंकोट निवासी मार्सल आर्ट खेलाडी बिनोद श्रेष्ठ सम्मानित भएका छन् । गाउँपालिकाले सोमवार कार्यपालिका बैठकको अवसर पारेर उनलाई सम्मान गरेको हो ।

उनले हालै इन्डोनेसियाको बालीमा सम्पन्न ‘पाँचौँ एसिया भोविनाम च्याम्पियनसिप २०२४’ को मिश्रण मार्सल आर्ट खेलमा नेपालबाट सहभागीता जनाएका थिए । पुरुष तर्फको ७० केजी समूहको विधामा प्रतिस्पर्धा गरेका उनले रजत पदक जित्न सफल भएका थिए ।

खेल जगतबाट देशको गरिमा बढाएको भन्दै श्रेष्ठलाई सम्मान गरिएको पालिकाले जनाएको छ । पालिका अध्यक्ष रमेश थापा मगर, प्रमुख प्रशासकिय अधिकृत बाबुराम मगर लगायत गाउँपालिकाको जनप्रतिनिधि र कर्मचारीहरुको उपस्थितीमा उनलाई सम्मान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्