
छेवेटारमा जारी वडाकप फुटवलको आज फाइनल खेल हुदैं
गोरखा नगरपालिका–१० छेवेटारमा जारी तेस्रो वडाकप फुटवल प्रतियोगिताको फाइनल खेल आज (सोमवार) हुदै छ । फाइनलमा अमलापानी टोल र समिचौर टोल भिड्ने छन् ।गोरखा नगरपालिका वडा नम्वर १० को आयोजना तथा सुर्योदय युवा परिवारको सहआयोजनामा शनिबारबाट प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको उपाधि विजेताले ४० हजार र उपविजेताले २० हजार नगद पुरस्कारको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने वडाध्यक्ष प्रदिप कुँवरले बताए । यस्तै, भेटेरान्स तर्फको फाइनल खेल पनि आजै हुने उनले जानकारी दिए । तीनघरे बिरिन्चोक र तीनघरे छेवेटारबीच प्रतिस्पर्धा हुने उनको भनाई छ । उक्त खेलका विजेता र उपविजेता टिमले पुरस्कार स्वरुप खसी पाउने उनले बताए ।
महिला तर्फको डोरी तान्ने प्रतियोगिता अन्तरगत आज समिचौर टोल बिकास संस्था छेवेटार र साँझाफेदी टोलबीच फाइनल खेल हुने छ । पुरुष तर्फ भने समिचौर टोल र अमलापानीबीच प्रतिस्पर्धा हुने बताइएको छ । दुवै तर्फको विजेता र उपविजेताले क्रमश २० हजार र १० हजार नगद पुरस्कारसहित मेडल प्राप्त गर्ने वडाअध्यक्ष कुँवरले बताए ।




