| मङ्लबार, अशोज १२, २०८३

घैरुङमा ‘दोस्रो धन्यपूर्णीमा कप–२०८१’ हुँदै

सहिदलखन गाउँपालिका–६ घैरुङमा दोस्रो धन्यपूर्णीमा कप २०८१ (फायभ ए साइड फुटवल प्रतियोगिता) हुने भएको छ । अन्नपूर्ण क्लबको आयोजनामा यही मंसिर २७ देखि ३० गतेसम्म उक्त प्रतियोगिता हुन लागेको हो ।

घैरुङस्थित बाँसकोट खेल मैदानमा हुन गइरहेको प्रतियोगिताका विजेता र उपविजेता टोलीले क्रमश रु ४४ हजार ४४४ र रु २२ हजार २२२ नगद पुरस्कार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लवका अध्यक्ष विश्व श्रेष्ठले बताए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी, सर्बाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र उदयमान खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था रहेको उनले जानकारी दिए । प्रतियोगितामा टिम दर्ता गर्नका लागि ४५ सय रुपैँया लाग्ने आयोजक अन्नपूर्ण क्लवको भनाइ छ । यस्तै, धरौटी रकम बापत एक हजार समेत जम्मा गर्नुपर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्