
सिरानचोक गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड महेन्द्रलिलालाई
सिरानचोक गाउँपालिकास्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि महेन्द्रलिला माविले हात पारेको छ । गाउँपालिकाको आयोजना तथा वडा नं. ६ स्थित सन्सारी महेन्द्र माध्यमिक विद्यालयको संयोजनमा महटार खेलमैदानमा सम्पन्न प्रतियोगितामा महेन्द्रलिालाले ११ स्वर्ण, ३ रजत र ३ कास्य गरी १७ पदक हात पार्दै बिजेता बनेको हो । प्रथम बनेको महेन्द्रलिलाले प्रतियोगिताको शिल्डसहित ट्रफी प्राप्त गरेको छ ।
परोपकार आदर्श माविले ६ स्वर्ण ५ रजत र ९ कास्य गरी कुल २० पदकसहित द्वितीय बनेको छ । ३ स्वर्ण, ३ रजत र ४ कास्य गरी १० पदकसहित जनकल्यण मावि तृतीय बन्न सफल भएको छ । यस्तै ३ स्वर्ण १ रजत र ३ कास्यसहित ७ पदक जितेर मण्डली मावि सान्त्वना बनेको गाउँपालिकाका शिक्षा शाखाका कृष्णप्रसाद पोखरेलले बताए ।
बिजेताहरुलाई गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङले शुक्रबार एक कार्यक्रम गरी पुरस्कार वितरण गरेका उनले जानकारी दिए । प्रतियोगितामा पालिकाभित्रका १५ माविका ३७० जना खेलाडीको सहभागिता रहेको थियो । तीन दिनसम्म चलेको प्रतियोगितामा छात्रा र छात्र दुबैतर्फ गरी ३० विधामा खेल खेलाएको उनले बताए ।




