| मङ्लबार, अशोज १२, २०८३

गाम्मा वल्र्ड एमएमए च्याम्पियनसिपमा गोरखाको विनोद श्रेष्ठले खेल्ने

इन्डोनेसियाको जकार्तामा डिसेम्बर ६ देखि १४ तारिखसम्म हुने प्रतियोगितामा गाम्मा वल्र्ड एमएमए च्याम्पियनसिपमा नेपाल शहिदलखन गाउँपालिका वडा नंम्बर ८ निवासी विनोद श्रेष्ठले प्रतिस्पर्धा गर्ने भएका छन् । पुरुष ७० केजीमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

ग्लोबल एसोसिएसन अफ मिक्स मार्सल आर्ट्स (गाम्मा) को आयोजनामा हुने प्रतियोगिताको टोली प्रमुखमा राजीव महर्जन तथा प्रशिक्षकमा उमेश महर्जन रहेका छन् ।

खेलाडी सहभागिताको सम्पूर्ण खर्च ललितपुर जिल्ला खेलकुद विकास समिति तथा गाम्मा नेपाल एसोसिएसन अफ मिक्स मार्सल आर्ट्सका अध्यक्ष विनोद महर्जनले प्रायोजन गरेका छन् । आरडी फाउन्डेसन, एकता फाउन्डेसन र डा. मोहित गौतमले पनि सहयोग गरेका छन् ।

टोलीलाई बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जन, अध्यक्ष विनोद महर्जन, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठलगायतले एक कार्यक्रमबीच आइतबार बिदाइ गरे ।टोली बुधबार इन्डोनेसिया प्रस्थान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्