| मङ्लबार, अशोज १२, २०८३

अन्तरस्कुल लिगको आठौँ हप्ता छात्रतर्फ तीन र छात्रातर्फ दुई खेल सम्पन्न

जिल्लामा जारी अन्तरस्कुल लिगको आठौँ हप्ता पाँच खेल सम्पन्न भएका छन् । शनिबार सम्पन्न प्रतियोगितामा अन्डर १३ छात्रतर्फ सुपरसिक्स चरणका तीन र छात्रातर्फ दुई खेल सम्पन्न भएका हुन् ।

द ओसन क्लवको आयोजना तथा गोरखा नगरपालिकाको समन्वयमा संचालित प्रतियोगितामा छात्रतर्फको पहिलो खेल ओल्ड क्यापिटल मावि र महालक्ष्मी माविका खेलाडी बीच भएको थियो । उक्त खेलमा ४–१ को गोल अन्तरले ओल्ड क्यापिटल मावि विजयी बनेको छ ।

यस्तै, द ओसन क्लव र लक्ष्मी सामुदायिक बोर्डिङका खेलाडी बीच भएको दोस्रो खेलमा दुवै टिमले २–२ गोल गरेपछि सो खेल बराबरीमा टुंगिएको थियो । सरस्वती मावि र मोडर्न इङ्लिस बोर्डिङ् बीच भएको तेस्रो खेलमा ४–२ को गोल अन्तरले सरस्वती मावि बिजयी बनेको आयोजक द ओसन क्लवले जनाएको छ ।

यसैगरी, छात्रातर्फको पहिलो खेल शक्ति मावि र ओल्ड क्यापिटलबीच भएको थियो । सो खेलमा २–० को गोल अन्तरले शक्ति मावि विजयी भएको छ । महालक्ष्मी मावि र रत्नलक्ष्मी मावि बीच भएको दोस्रो खेलमा १–२ को गोल अन्तरले रत्नलक्ष्मी मावि विजयी बनेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्