| मङ्लबार, अशोज १२, २०८३

गण्डकीमा मावि स्तरीय छात्र र छात्रा फुटवल प्रतियोगिता सुरु

गण्डकी गाउँपालिकामा माध्यमिक तह स्तरीय छात्र र छात्रा फुटवल प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा मंगलवारबाट प्रतियोगिता सुरु भएको हो । पहिलो दिन छात्र र छात्रा दुवैतर्फ ६/६ खेल सम्पन्न भएका छन् ।

छात्रतर्फको पहिलो खेलमा भगवती माविलाई २–० को गोल अन्तरले हराउँदै दिर्घेश्वर मावि बिजयी भएको छ । सुर्याेदय मावि र बालकी माविबीच भएको दोस्रो खेलमा १–० को गोल अन्तरले सुर्याेदय मावि बिजयी भएको गाउँपालिका शिक्षा शाखा प्रमुख सुदिप पन्थले बताए । उनका अनुसार तेस्रो खेल तोमनडाँडा मावि र भैरवाश्रम माविबीच भएको थियो ।

उक्त खेलमा ५–४ को गोल अन्तरले भैरवाश्रम मावि बिजयी बनेको छ । खेलको निर्धारित समयमा दुवै टिमबाट १/१ गोल भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । यता ताङ्लीचोक मावि र भद्रकाली मावि बीच भएको चौथो खेलमा ताङ्लीचोक मावि बिजयी भएको छ । भद्रकाली मावि डिसक्वालिफाई भएपछि स्वतः ताङ्लीचोक बिजयी भएको पन्थले जानकारी दिए ।

पाँचौ खेल दिर्घेश्वर मावि र बिजयाभवानी मावि बीच भएको थियो । उक्त खेलमा २–० गोल अन्तरले बिजयाभवानी मावि बिजयी बनेको छ । सुर्याेदय मावि र रत्नेश्वर मावि बीच भएको अन्तिम खेलमा १–० को गोल अन्तरले सुर्याेदय मावि बिजयी बनेको पालिकाले जनाएको छ ।

यता छात्रा तर्फको पहिलो खेलमा भद्रकाली मावि बिजयी भएको छ । सुर्याेदय माविलाई ४–१ को गोल अन्तरले हराउँदै भद्रकाली बिजयी बनेको हो । ज्ञानमार्ग मावि र भैरवाश्रम मावि बीच भएको दोस्रो खेलमा ३–१ को गोल अन्तरले भैरवाश्रम मावि बिजयी भएको छ ।

दिर्घेश्वर मावि र वालकी माविबीच भएको तेस्रो खेलमा २–० गोल अन्तरले दिर्घेश्वर बिजयी बनेको पालिका शिक्षा शाखा प्रमुख पन्थले जानकारी दिए । उनका अनुसार चौथो खेल भगवती मावि र तोमनडाँडा मावि बीच भएको थियो । उक्त खेलमा २–१ को गोल अन्तरले तोमनडाँडा मावि बिजयी बनेको छ ।

भद्रकाली मावि र बिजयाभवानी मावि बीच भएको पाँचौ खेलमा १–० को गोल अन्तरले भद्रकाली बिजयी बनेको छ । अन्तिम खेल ज्ञानमार्ग मावि र ताङ्लीचोक मावि बीच भएको थियो । उक्त खेलमा ४–० गोल अन्तरले ज्ञानमार्ग मावि बिजयी बनेको पालिकाले जनाएको छ ।

प्रतियोगितामा छात्र र छात्रा दुवै तर्फ पहिलो दोस्रो र तेस्रो हुने बिद्यालयहरुले क्रमश ३० हजार, १५ हजार र ७ हजार नगद पुरस्कार पाउने बताइएको छ । प्रतियोगितामा पालिकाभित्रका कुल ११ वटा बिद्यालयको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्