| मङ्लबार, अशोज १२, २०८३

कराँते महासंघ गोरखाद्वारा राष्ट्रिय तथा अन्तरराष्ट्रिय खोलाडीहरु सम्मानीत

कराँते महासंघ गोरखाले जिल्लाका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुलाई सम्मान गरेको छ । गत शनिबार सम्पन्न ‘प्रथम जिल्ला स्तरीय मेयर कप कराँते प्रतियोगिता’को अवसरमा महासंघले जिल्लाको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय टुर्नामेन्ट खेलेका खेलाडीहरुलाई सम्मान गरेको हो । महासंघका सदस्यहरुले रकम संकलन गरी अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरका खेलाडीलाई क्रमश नगद ६ र ५ हजार सहित सम्मान पत्रले सम्मान गरेकोे महासंघका अध्यक्ष राम बहादुर थापाले बताए ।
‘जिल्लाका २ अन्तर्राष्ट्रिय र १० राष्ट्रिय खेलाडीहरुलाई कमिटिका सदस्यहरुले नगद संकलन गरेर सम्मान गरेका हौँ’, उनले भने, ‘हालसम्म १–२ जना बाहेक कराँते खेलाडीहरुलाई सम्मान गरेको रेकर्ड छैन, खेलाडीहरुलाई प्रोत्साहन गर्ने उदेश्य सहित सम्मान गरिएको हो ।’ अन्तर्राष्ट्रियतर्फ डम्बर कहादुर आले मगर र अनिल बराम र राष्ट्रिय तर्फ बुद्ध लामा, विशाल थापा मगर, अनिता घले, कविता घले, सुजिता राना मगर, पविन गुरुङ, सक्षम लामा, सुरज बराम, फिलेमन गुरुङ र बसन्त परियारलाई सम्मान गरिएको उनले जानकारी दिए ।
गोरखा नगरापलिकाका मेयर कृष्ण बहादुर राना मगरबाट उनीहरुलाई सम्मान गरिएको कराँते महासंघ गोरखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्