| शनिबार, जेष्ठ ४, २०८२

प्रथम रेम्बो कपको उपाधी जेटी क्बललाई, भेट्रान्सतर्फ खोप्लाङ एफसी विजयी

जिल्ला सदरमुकामको हरमटारी खेलमैदानमा सम्पन्न प्रथम रेम्बो कप ‘सेभेन ए साइड नकआउट’ खुल्ला फुटबल प्रतियोगिताको उपाधी जेटी क्लबले हात पारेको छ ।
शुक्रबार जेटी क्लव र दि हिमालय आरुघाटबीच भएको फाइनल खेलमा २–० को गोल अन्तरले जेटी क्लब विजयी भएको थियो । निर्धारित समयमा दुवै टिमले गोल नगरेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

प्रतियोगिताको बिजेता टिमले ५० हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै, दोस्रो भएको दि हिमालय आरुघाटले २५ हजार नगदसहित मेडल र प्रमाण पत्र प्राप्त गरेको आयोजक युनाइटेड सेभेन युथ क्लवले जनाएको छ ।

शुक्रबार खुल्ला तर्फ सेमिफाइनलको पहिलो खेल बिहान ९ बजे तीनधारे एफसी र दि हिमालय आरुघाटबीच भएको थियो । उक्त खेलमा तीनधारेलाई ३–१ को गोल अन्तरालले दि हिमालय एफसी आरुघाट फाइनलमा प्रवेश गरेको थियो ।

यस्तै, सेमिफाइनल अन्तरगतको दोस्रो खेल जेटि क्लव र युनाइटेड सेभेन युथ बी क्लवबीच भएको थियो । जसमा युनाइटेड सेभेन युथ बी क्लवलाई २–० गोल अन्तरले हराउँदै जेटी क्लव फाइनल प्रवेश गरेको थियो ।

Photo: Sports Gorkha

यता भेट्रान्सतर्फको खेलमा भने खोप्लाङ एफसी विजयी बनेको छ । हरमटारी क्लवलाई ६–५ ले हराउँदै खोप्लाङ एफसी विजयी बनेको हो । निर्धारित समयमा दुवै टिमले तीन तीन गोल गरेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

भेट्रन्स अन्तरगतको खेलको बिजेताले एउटा बोका सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको प्राप्त आयोजक युनाइटेड सेभेन युथ क्लवका अध्यक्ष श्याम आले मगरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्