
युनाइटेड सेभेन युथ क्लबले भदौ १ बाट फुटबल प्रतियोगिता गर्ने
युनाइटेड सेभेन युथ क्लबले जिल्ला सदरमुकाममा १ गतेदेखि प्रथम राम्बो कप‘सेभेन ए साइड नकआउट’ फुटबल प्रतियोगिता गर्ने भएको छ । क्लबले महिला, पुरुष तथा ३३ वर्ष माथिका लागि छुट्टाछुटै प्रतियोगिताको आयोजना गरेको क्लबका अध्यक्ष श्याम आले मगरले जानकारी दिए ।
पुरुष अन्तरगतको प्रतियोगिता ५० हजार राशीको हुने आलेले बताए । प्रतियोगिताको बिजेता टिमले ५० हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने उनले बताए । दोस्रो हुनेले २५ हजार नगदसहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने उनी बताउँछन् । यस्तै, महिला अन्तरगतको प्रतियोगिताको बिजेताले ५ हजार र ३३ वर्ष माथि उमेर समूह अन्तरगतको खेलको बिजेताले एउटा बोका प्राप्त उनको भनाइ छ ।
‘महिला अन्तरगतको खेल भने प्रोत्साहनका लागि पहिलो पटक आयोजना गरेका हौँ, त्यसैले पुरस्कार राशी धेरै छैन’, उनले भने, ‘पुरुषतर्फको प्रतियोगिताको टिम दर्ता शुल्क ५ हजार, ३३ वर्ष माथिका लागि २ हजार र महिलाहरुका लागि निशुल्कमा टिम दर्ता गरिदिने व्यवस्था छ ।’ खेल सदरमुकाम स्थित हरमटारी खेल मैदानमा हुने आयोजकले जनाएको छ ।




