
तातोपानी मेलाको समापन : महिला र पुरुष भलिवल प्रतियोगितामा खानीगाउँ पहिलो
धार्चे ३ मा आयोजित ऐतिहासिक तातोपानी मेला शुक्रबार समापन गरिएको छ । गत माघ १५ गतेबाट सुरु भएको मेला पाँचदिनपछि शुक्रबार सम्पन्न भएको हो ।
मेलामा आयोजित महिला तथा पुरुष भलिबल प्रतियोगितामा धार्चे ७ को खानीगाउँ युथ स्पोर्ट्स क्लव प्रथम भएको छ । त्यस्तै पुरुषतर्फको भलिबल प्रतियोगितामा धार्चे २ रुन्चेतको जुनतारा सिर्जनशील युवाक्लव द्वितीय भएको छ । त्यस्तै आयोजक तातोपानी क्षेत्र संरक्षण तथा संवद्र्धन विकास केन्द्र धार्चे ३ तृतीय भएको छ ।
महिलातर्फ बारपाक सुलिकोट ३ बारमुलेको टिम द्वितीय र गुम्दाको एकता युवा क्लव तृतीय भएको छ ।
पुरुषतर्फ प्रथम हुनेले नगद ८५ हजार पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय हुनेले नगद ६५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र र तृतीय हुनेले ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
त्यस्तै महिलातर्फ प्रथम हुनेले २० हजार, ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय हुनेले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र र तृतीय हुनेले नगद पाँचहजार, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेका कार्यक्रम संयोजक मिनबहादुर सुनारले जानकारी दिए।
वडा नं. ३ का वडाअध्यक्ष शेरबहादुर गुरुङले विजयी टिमलाई पुरस्कार प्रदान गरेका हुन् ।
साथै सोही अवसरमा सगरमाथा आरोही धार्चे ३ का ओम गुरुङ, धार्चे ४ का इमान गुरुङ र धार्चे ५ की नानुमाया गुरुङलाई सम्मान पनि गरिएको थियो ।
समापन कार्यक्रमका अध्यक्ष धनबहादुर विकको अध्यक्षतामा भएको कार्यक्रममा वडाअध्यक्ष गुरुङ लगायतले मन्तव्य ब्यक्त गरेका कार्यक्रम संयोजक मिनबहादुर सुनारले जानकारी दिए ।




