
आयआर्जनमा हौसला बढाउन गोनपाद्वारा महिला समूहलाई पञ्चेबाजा वितरण
महिला समूहले विभिन्न पर्व, मेला, उत्सव, महोत्सवमा पञ्चेबाजा बजाएर आयआर्जन गर्न थालेसंगै गोरखा नगरपालिकाले उनीहरुको होस्टेमा हैँसे गर्दै प्रोत्साहन गर्न पञ्चेबाजा सेट वितरण गरेको छ । नगरपालिकाले पाँच महिला समूहहरुलाई पञ्चेबाजा सेट वितरण गरेको हो ।
नगरपालिकाको उपप्रमुख नेतृत्व विकास कार्यक्रमअन्तरग महिला समूहहरुलाई पञ्चेबाजा सेट वितरण गरेको पालिकाकी कर्मचारी शोभा प्रधान दवाडीले बताइन् । उनका अनुसार नगरपालिकाले गोनपा–८ थाकलडाँडाको स्वर्णिम महिला समूह, गोनपा–९ को समिडाँडा महिला समूह, गोनपा–१३ को जलविरे महिला समूह, गोनपा–६ को गोरखकाली दिदीबहिनी महिला समूह र गोनपा–१ को कालिका महिला समूहलाई पञ्चेबाजा सेट वितरण गरेको छ ।
हरेक महिला समूहलाई पञ्चेबाजाअन्तरगत पर्ने एक÷एक सेट सनही, दमाहा, ट्याम्को, ढोलकी र झ्याली वितरण गरिएको हो । महिलाहरुको आयआर्जनमा सहयोग पु¥याउन, उनीहरुको क्षमता विकास गर्न र स्थानीय लोक कला तथा संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने महिला समूहलाई पञ्चेबाजा सेट उपलब्ध गराएको गोरखा नगरपालिकाले जनाएको छ । पालिकाले गत वर्ष पनि केही महिला समूहलाई पञ्चेबाजा वितरण गरेको थियो ।




