| शनिबार, अशोज १६, २०८३

भट्टराई स्मृति राष्ट्रिय कराँते प्रतियोगितामा गोरखाका चार खेलाडी सहभागी

बिहिवारबाट काठमाडौँमा सुरु भएको तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते प्रतियोगितामा गोरखाका चार जना खेलाडी सहभागी भएका छन् । गण्डकी प्रदेशबाट छनोट भएर उनीहरु राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी भएका हुन् ।

सहभागी हुनेमा बुद्ध लामा, बिधान थापा मगर, अनिल बराम र बिशाल थापा मगर रहेका छन् । लामाले ५० केजी तौलतर्फ, बिधान थापाले ६७ केजी र बरामले ७५ केजी तौलमा प्रतिस्पर्धा गर्ने प्रशिक्षक घ्याम्जो लामाले बताए । त्यस्तै बिशालले ८४ केजी तौलमा प्रतिस्पर्धा गर्ने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्