
खुल्ला भलिवल प्रतियोगिताको उपाधि लाप्राक समाजलाई
धार्चे गाँउपालिका–५ सिङ्लामा भएको खुल्ला पुरुष भलिवल प्रतियोगिताको उपाधि लाप्राक समाज युथ क्लबले जितेको छ । रेसे सिङ्ला माघे सङक्रान्ति मेला मुल आयोजक समितिको आयोजनामा भएको प्रतियोगितामा आरुघाट गाँउपालिका मान्बुको टिम दोस्रो र बारपाक सुलिकोट गाँउपालिकाको टिम तेस्रो भएको छ ।
प्रतियोगिताको उपाधी बिजेता टिमले ५० हजार, दोस्रो हुनेले ३० हजार र दोस्रो हुनेले २० हजार नगद पुरस्कारको साथमा कप, मेडल र प्रमाण पत्र पाएको कार्यक्रम संयोजक राज गुरुङले बताए । प्रतियोगितामा कुल १६ टिमको सहभागीता रहेको थियो । धार्चेको सिङ्लामा भएको रेसे मेलाको अवसरमा भलिवल प्रतियोगिता भएको हो ।
त्यस्तै मेलाकै अवसरमा आयोजित नृत्य प्रतियोगितामा सुनिता गुरूङ र सुप्रिया गुरूङ पहिलो भएका छन् । समृता गुरूङ दोस्रो र सुस्मिता गुरूङ तेस्रो बनेका छन् । उनीहरुलाई क्रमश तीन, दुई र एक हजार नगद पुरस्कार सहित प्रमाण पत्र र मेडल प्रदान गरिएको बतायएको छ । माघ २ गतेबाट सुरु भएको मेला शुक्रवार सम्पन्न भएको हो ।




