| बिहिबार, अशोज १४, २०८३

अलस्टार क्लवले माघ २० बाट फुटबल प्रतियोगिता गर्ने

फुटबलका लागि प्रसिद्ध अलस्टार क्लवले आँबुखैरेनीमा माघ २० गतेदेखि फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । बिगत केही बर्ष हुन नसकेको फुटबल प्रतियोगिता यसपटक आयोजना गर्ने निर्णय भएको क्लवका अध्यक्ष दिनेश केशीले जानकारी दिए ।

प्रतियोगिता दुई लाख पुरस्कार राशीको हुने केशीले जानकारी दिए । तनहुँको आँबुखैरेनी ३ मा क्रियाशील अल स्टार क्लबले यसअघि नियमित फुटबल प्रतियोगिता आयोजना गर्ने गरेको थियो । कोभिड महामारीयता प्रतियोगिता नियमित रुपमा हुन सकेको थिएन । यसबर्ष भने सो फुटबल प्रतियोगिता आयोजना हुन लागेको हो ।

प्रतियोगिताका बिजेता टिमले दुई लाख रुपौयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष दिनेश केसीले बताए । उपबिजेता टिमले एक लाख रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उच्च गोलकर्ता, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट डिफेन्स र उत्कृष्ट गोलरक्षकलाई ५/५ हजार पुरस्कारको समेत व्यवस्था रहेको आयोजकले जनाएको छ ।

साथै खेलमा फेयरप्ले टोलीलाई पनि पुरस्कारको व्यवस्था रहेको अध्यक्ष केसीले जानकारी दिए । प्रतियोगितामा १२ टिमको सहभागिता रहने उनले बताए । टिम दर्ता शुल्क १० हजार तोकिएको छ । खेल गोरखकाली रबर उद्योगको मैदानमा हुने आयोजकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्