| मङ्लबार, अशोज १२, २०८३

हिमलुङ बेसक्याम्पमा दुईजना हराएपछि केरौंजाबासी शोकमा

मनाङको नार्पाभूमि ५ स्थित हिमलुङ आधार शिविरको हिउँ पहिरोमा गाउँका दुईजना वेपत्ता भएपछि गोरखा केरौंजाका वासिन्दा शोकमा छन् । गत आइतबार विहान हिमलुङ आधार शिविरको हिउँ पहिरोमा वेपत्ता भएका धार्चे गाउँपालिका २ केरौंजाका गाउँका ४५ बर्षीय आशबहादुर गुरुङ र ३२ बर्षीय वीरेन्द्र गुरुङ हिउपहिरोमा हराएपछि उनीहरुका परिवार, छरछिमेकहरु शोकमा डुवेका हुन् ।

वीरेन्द्र गुरुङ हिमालयन होलिडेज कम्पनीका बेसक्याप सहयोगीका रुपमा र आशबहादुर गुरुङ इम्याजिन नेपाल एक्पिडिशन प्रालिबाट गाइड तथा कुकम्यानको कामका लागि त्यसतर्फ गएका थिए । ‘आशबहादुर र वीरेन्द्रको घरमा अहिले रुवावासी छ’, पीडित परिवारका अर्जुन गुरुङले भने, ‘वीरेन्द्रको बुबा, श्रीमती, एउटा तीनचारबर्षको र अर्को पाँच छ बर्षको छोरा छन् । आशबहादुरको श्रीमती र छोराछोरी काठमाडौँमा छन् । घरमा बुढी आमा हुनुहुन्छ ।’ सबै समहाल्ने नसक्ने गरी रुवावासी भएको उनको भनाइ छ ।

उनीहरुसंंगै हिमलुङ आधार शिविरको हिमपहिरोमा १६ जना बेपत्ता भएका थिए । वेपत्तामध्य सोमबार चारजनाको शव फेला परेर पनि सनाखत भइसकेको छ । त्यसमध्य एकजना वीरेन्द्र गुरुङको पनि सनाखत भएको छ । तर आशबहादुरको अहिलेसम्म अत्तोपत्तो छैन । खोजी कार्य छिटो गरिदिन आफन्तहरुको माग छ ।

समुद्री सतहबाट ४,८७५ मिटर अग्लो आधार शिविरमा हराएकाहरुको खोजी कार्यका लागि नेपाल राष्ट्रिय पथप्रदर्शक संघ र पर्वतारोहण सञ्चालक संघबाट १४ जनाको उद्धार टोली खटिएका छन् । घटनाका बेला भागेर ज्यान बचाएका १४ जनाको टोली फू बाट आधार शिविरतर्फ गएका पर्वतारोहण पथप्रदर्शक संघका अध्यक्ष तुल्सिङ गुरुङले जानकारी दिए ।

‘अहिले मौसम खुलेर खोजतलास गर्न सजिलो भएको छ’, गुरुङले भने,‘हिउँ धेरै बाक्लो रहेकाले खोजी कार्य गर्न धेरै नै समय लाग्छ सक्छ ।’

प्रतिक्रिया दिनुहोस्