| बुधबार, असार ९, २०८३

आजबाट धार्चेको सिङलामा ‘रेसे मेला २०८०’ शुरु

धार्चे गाँउपालिका–५ सिङ्लास्थित रेसे खोलामा ‘रेसे मेला २०८०’ शुरु हुने भएको छ । रेसे सिङ्ला माघे सङक्रान्ति मेला मुल आयोजक समितिको आयोजनामा मेला हुन लागेको हो । मेलामा खुल्ला पुरुष भलिवल प्रतियोगितासँगै स्थानिय तथा राष्ट्रिय स्तरका कलाकारहरुको विविध सांस्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ ।

मेलामा हुने खुल्ला भलिवल प्रतियोगिताको बिजेताले ५० हजारको साथमा कप, मेडल र प्रमाण पत्र प्राप्त गर्ने कार्यक्रम संयोजक राज गुरुङले बताए । उपबिजेता र तृतिय हुनेले क्रमश ३० हजार र २० हजार नगद पुरस्कारको साथमा कप, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । प्रतियोगिताका लागी टिम दर्ता शुल्क ५ हजार तोकिएको छ ।

संयोजक गुरुङका अन्ुसार लोक दोहोरी प्रतियोगितामा प्रथम द्धितिय र तृतिय हुने टिमले क्रमश पाँच, तीन र दुई हजार नगद पुरस्कारको साथमा प्रमाण पत्र पाउनेछन् । यस्तै मेलामा हुने नृत्य प्रतियोगितामा पहिलो हुनेले तीन हजार नगद सहित प्रमाण प्रत्र प्राप्त गर्ने उनले बताए । दोस्रो र तेस्रो हुनेलाई दुई र एक हजार नगद सहित प्रमाण पत्र प्रदान गरिने छ । मेला माघ ५ गते सम्म चल्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्