| शुक्रबार, अशोज १५, २०८३

सिरानचोकमा भएको राष्ट्रपति रनिङशिल्डको उपाधि संसारी महेन्द्र माविलाई

सिरानचोक गाउँपालिकामा भएको चौथो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि संसारी महेन्द्र माविले जितेको छ । बिहिबार सम्पन्न भएको प्रतियोगितामा उक्त बिद्यालयले ८ स्वर्ण, २ रजत र १ कास्य गरी कुल ११ पदक जित्दै उपाधि जितेको हो ।

उपाधि बिजेता बिद्यालयलाई शिल्ड, ट्रफीसँगै मेडल र प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाका स्रोत शिक्षक कृष्ण पोखरेलले बताए ।

प्रतियोगितामा महेन्द्रलिला मावि दोस्रो भएको छ । सो विद्यालयले ६ स्वर्ण, ५ रजत, २ कास्य गरी १३ पदक जितेको छ । त्यस्तै ५ स्वर्ण, ८ कास्य गरी कुल १३ पदक हात पार्दै मण्डली माविले तेस्रो स्थान हाँसिल गरेको छ । सो प्रतियोगितामा जनकल्याण माविले सान्त्वना स्थान हाँसिल गरेको छ ।

उक्त बिद्यालयले ३ स्वर्ण, ५ रजत र ३ कास्य गरी कुल ११ पदक हात पारेको पोखरेलले बताए । प्रतियोगितामा दोस्रो, तेस्रो र सान्त्वना हुने बिद्यालयलाई ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको उनले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा छात्र र छात्राको १५÷१५ विधामा प्रतिस्पर्धा गराइएको थियो ।

सो प्रतियोगितामा गाउँपालिका भित्रका १५ वटा माध्यमिक बिद्यालयबाट करिब ४ सय ५० विद्यार्थी सहभागी थिए । १९ गतेबाट सुरु भएको प्रतियोगिता बिहिवार सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्