
दलभज्याङमा जारी यू–१३ विद्यालय फुटबल प्रतियोगिताका पाँचखेल शनिबार सम्पन्न
गोरखा नगरपालिका–९ दलभन्ज्याङस्थित खेलमैदानमा जारी नवौँ ओसन कप यू–१३ अन्तर बिद्यालय लिग फुटवल प्रतियोगिता अन्तरगत शनिबार पाँच खेल भएका छन् । प्रतियोगिताको पहिलो खेल द ओल्ड क्यापिटल मावि र मोर्डन सेकेण्डरी ईग्लिस बोर्डिङ बीच एक÷एक गोलको बराबरीमा रोकिएको छ ।
सो प्रतियोगिताको दोस्रो खेलमा महालक्ष्मी माविले विजय प्राप्त गरेका छन् । उक्त खेलमा महालक्ष्मी माविले सरस्वती माविलाई २–० गोल अन्तरले पराजित गरेको आयोजक द ओसन क्लवले जनाएको छ ।
प्रतियोगिताको तेस्रो खेलमा द ओसन क्लव र सुर्यमुखी बोर्डिङ स्कुलले एक÷एक गोलको बराबरी खेलेको छ । त्यस्तै, चौथौ खेलमा नवज्योति मावि र रत्न लक्ष्मी मावि बीच भएको थियो । उक्त खेलमा नवज्योति माविले रत्न लक्ष्मी माविलाई ५–० गोल अन्तरले पराजित गर्न सफल भए ।
पाँचौ खेल भने द ओल्ड क्यापिटल माविले विजय प्राप्त गरेका छन् । उक्त खेलमा द ओल्ड क्यापिटल माविले सरस्वती माविलाई ८–० गोल अन्तरले पराजित गरेका थिए ।
शनिबार सम्पन्न खेलबाट समुह ए बाट महालक्ष्मी मा वि र समुह बीबाट लक्ष्मी सामुदायिक शिक्षा सदन समुह विजेताको रुपमा सुपर सिक्समा पुगेको छ भने समुह ए बाट द ओल्ड क्यापिटल मा वि र रत्नराज्य मा वि साथै समुह बि बाट द ओसन क्लब र नवज्योति मा वि ले सुपर सिक्स मा आफ्नो स्थान पक्का गरेका छन । समुह ए बाट मोर्डन बोर्डिङ र सरस्वती मा वि साथै समुह बि बाट सुर्यमुखी बोर्डिङ र रत्नलक्ष्मी मा वि ले प्लेट प्लेअफमा आफ्नो स्थान पक्का गरेका छन ।
प्रतियोगितामा गोरखा नगरपालिका भित्रका ९ विद्यालय सहभागि छन् । प्रतियोगितामा प्रथम हुने टिमलाई ७ हजार पाँच सय रकम सहित ट्रफी, मेडल र प्रमाणपत्र र दोस्रो हुने टिमले तिन हजार पाँच सय सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।




