| शुक्रबार, अशोज १५, २०८३

पहरेमा फुटबल प्रतियोगिता र गोगनपानीमा मैत्रीपूर्ण भलिबल सुरु


बडादशैं २०८० को अवसरमा बारपाक सुलीकोट गाउँपालिका ८ पहरेमा प्रथम भुवानी कप फुटबल प्रतियोगिता सुरु भएको छ । स्थानीय ‘भुवानी युवा क्लव’ले आयोजना गरेको चारदिन सम्म सञ्चालन हुने खुल्ला सिक्स ए साइड फुटबल प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व सांसद प्रकाशचन्द्र दवाडीले उद्घाटन गरेका हुन् ।


क्लवका अध्यक्ष प्रकाश भट्टको अध्यक्षतामा आयोजना भएको उद्घाटन समारोहमा प्रमुख अतिथि पूर्व सांसद दवाडी, विशेष अतिथि नेपाल तरुण दलका केन्द्रीय सदस्य पदम भट्टराईलगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।


सोही अवसरमा पूर्व सांसद दवाडीले सो प्रतियोगिताका लागि खेलकुदका सामग्री तथा नगद १० हजार प्रदान गरेका थिए ।
त्यस्तै अजीरकोट गाउँपालिका वडा नं. ४ गोगनपानीमा मैत्रपूर्ण भलिबल खेल सम्पन्न भएको छ । गोगनपानी युवा क्लवको आयोजनामा आयोजित गाउँपालिका स्तरको मैत्रीपूर्ण भलिबल प्रतियोगिताको प्रमुख अतिथि गण्डकी प्रदेशका पूर्व सांसद प्रकाशचन्द्र दवाडीले उद्घाटन गरेका हुन् ।


क्लवका अध्यक्ष धनराज गुरुङको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा प्रमुख अतिथि दवाडी, विशेष अतिथि तरुण दलका केन्द्रीय सदस्य पदम भट्टराई, वडा अध्यक्ष जंगबहादुर गुरुङ, टुरिजम एशोसिएशन अफ नेपाल(टान)का उपाध्यक्ष धनबहादुर गुरुङ लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । मैत्रीपूर्ण भलिबल खेल तीनदिनसम्म सञ्चालन हुने छ ।

सोही अवसरमा प्रमुख अतिथि दवाडीले खेलकुद कार्यक्रम सफल बनाउन खेलकुद सामग्री तथा नगद २५ हजार सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्