| आइतवार, कार्तिक २२, २०८३

गोरखा जिल्ला बेसबल तथा सफ्टबल संघको अध्यक्षमा विशाल श्रेष्ठ चयन

गोरखामा बेसबल तथा सफ्टबल संघ गठन भएको छ । बुधबार बसेको संघको भेलाले विशाल श्रेष्ठको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्य समिति गठन गरिएको छ ।

समितिको उपाध्यक्षमा मनोज गुरुङ, सुस्मिता दवाडी, सचिवमा मञ्जली गुरुङ, कोषाध्यक्षमा अनिल श्रेष्ठ चयन भएका छन् । समितिको सदस्यहरुमा स्मृति गुरुङ, सुसान गुरुङ, सुजन रानामगर, प्रदिप खत्री चयन भएका छन् ।

समितिको केन्द्रिय प्रतिनिधिका रुपमा विशाल श्रेष्ठ, प्रदेश प्रतिनिधिका रुपमा विशाल श्रेष्ठ, सुजन राना मगरलाई चयन गरिएको समितिका कोषाध्यक्ष अनिल श्रेष्ठले जानकारी दिए ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शान्ता सिंह बस्नेतको उपस्थितिमा गोरखा जिल्ला बेसबल तथा सफ्टबल संघ गठन गरिएको संघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्