| आइतवार, कार्तिक २२, २०८३

प्रदेश स्तरीय कराँते प्रतियोगितामा गोरखालाई चार स्वर्ण

प्रथम गण्डकी प्रदेश स्तरीय जुनियर कराँते प्रतियोगितामा गोरखाले चार स्वर्ण पदक जितेको छ । कुमुत कराँते फाइट अन्तरगत पुरुष तर्फको २५ केजी तौलमा युनिक३पनेरु, ३० केजी तौलमा हरि बोहरा, ४५ केजी तौलमा बसन्त परियार र ५० केजी तौलमा खिलेमान गुरुङले स्वर्ण पदक जितेका हुन् ।

पुरुषतर्फकै ४० केजी तौलमा रुपेश गुभाजुले रजत पदक जितेको मुख्य प्रशिक्षक घ्याम्जो लामाले बताए । कातातर्फ बसन्त परियारले रजत पदक जितेका छन् ।

यता महिला तर्फको कुमुत कराँते फाइटमा गोरखाले दुई कास्य पदक जितेको छ । ४० केजीतर्फ सृष्टि थापा मगर र ४५ केजीतर्फ सृष्टि श्रेष्ठले कास्यपदक जितेको लामाले जानकारी दिए । २५ केजी तौलमा प्रतिस्पर्धा गरेका युनिक पनेरु ‘बेष्ट फाइटर’ घोषित भएका छन् ।

प्रतियोगितामा प्रदेशमा गोरखा जिल्ला सर्वाेकृष्ठ भएको नेपाल कराँते महासंघ गोरखाका अध्यक्ष रामबहादुर थापा मगरले बताए । उनका अनुसार जिल्लाले टूफी र मेडलको साथमा तीस हजार नगद पुरस्कार पनि पाएको छ । प्रतियोगितामा जिल्लाका १३ जना खेलाडी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्