
गोरखामा १६ वर्षमुनिको प्रथम गोरखा कप हुने
गोरखामा १६ वर्ष मुनिको प्रथम गोरखा कप हुने भएको छ । हरमटारी जुनियर फुटबल क्लव, गोरखाको आयोजनामा प्रथम गोरखा कप २०८० हुन लागेको हो ।
प्रतियोगितामा वैशाख २२ र २३ गते दुई दिन हरमटारी खेलकुद मैदानमा संचालन हुने क्लवका सोहिल मियाले बताए । प्रतियोगितामा जिल्ला भित्रका १२ टिमको सहभागिता रहनेछ ।
सो प्रतियोगितामा प्रथम हुने टिम नगद सहित ट्रफी मेडल र प्रमाणपत्र पाउनेछन् । दोस्रो हुने टिमले पनि नगद सहित मेडल प्रमाणपत्र वितरण गरिने जनाएको छ ।
प्रतियोगिताभर उत्कृष्ट खेलाडी, सर्वाधित गोलकर्ता, उत्कृष्ट गोलकिपरलाई पनि विशेष पुरस्कारको व्यवस्था रहेको उनले जानकारी दिए ।




