
हरमटारी क्लव गोर्खाली रनिङ कपको फाईनल प्रवेश
आयोजक हरमटारी ए क्लव गोरखा सदरमुकामको हरमटारी खेलमैदानमा जारी सातौँ गोर्खाली रनिङ कपको फाईनल प्रवेश गरेको छ । बिहिवार भएको खेलमा पृथ्वी युथ क्लव आहालेलाई १–० गोल अन्तरले पराजित गर्दै हरमटारीले फाईनल यात्रा तय गरेको हो ।
हरमटारीकालागि जर्सि नम्बर ९ का सन्दिप रानाले पहिलो हाफमा एक गोल गरे । त्यो गोल नै हरमटारीकालागि जित सावित भयो । पृथ्वीले गोल गर्ने प्रयास पटक पटक गरेपनि फर्काउन सकेन । उक्त खेलमा हरमटारी क्लवका लक्षु थापा म्यान अफ द म्याच घोषित भए । फाईनल यात्रा तय गर्न नसकेको पृथ्वी युथ क्लवले नगद ५० हजारमा चित्त बुझाएको छ ।
शुक्रवार सतिपिपल युथ क्लव र खोप्लाङ एफसी बिच खेल हुनेछ । उक्त खेलमा बिजेता टिमले हरमटारी क्लवसँग फाईनल खेल्ने हरमटारी क्लवका महासचिव किरण ढकालले बताए । उक्त खेलको उप बिजेताले ५० हजारमा चित्त बुझाउनेछ ।
फाईनल खेल शनिवार दिउँसो ३ बजे हुने क्लवका महासचिव ढकालले बताए ।
गोर्खाली रनिङ कपको बिजेता टिमले नगद दुई लाख २२ हजार दुई सय २२ रुपैयाँको साथमा ट्रफि, मेडल र प्रमाण पत्र पाउनेछ भने उप बिजेताले एक लाख ११ हजार एक सय ११ मा चित्त बुझाउनेछ । खेल अवधीभर उत्कृष्ट खेल प्रर्दशन गर्ने, धेरै गोलकर्ता लगायत बिभिन्न विधामा नगद पुरस्कार दिईने क्लवले जनाएको छ ।




