| आइतवार, कार्तिक २२, २०८३

गोर्खाली रनिङ कप : हरमटारी र सतिपिपल सेमिफाईनलमा

गोरखा सदरमुकामा जारी सातौँ गोर्खाली रनिङ कपमा हरमटारी क्लव ए र सतिपिपल युथ क्लव सेमिफाईनलमा प्रवेश गरेको छ । बुधवार भएको पहिलो खेलमा अलस्टर ११ एफ सी आँबुखैरेनीलाई ट्राईब्रेकरमा हराउँदै हरमटारी सेमिफाईनलमा प्रवेश गरेको हो ।

खेलको पहिलो हाप अलस्टरले हरमटारीले दबावमा राखेको थियो । पहिलो हाफमा १ –० गोल अन्तरले अग्रता लिएको अलस्टरले दोस्रो हाफ गोल गर्न सकेन । दोस्रो हाफमा हरमटारीले १ गोल फर्काएर खेल बरावरीमा पु¥यायो । अन्ततः १–१ को बारवरीपछि खेल ट्राईब्रेकरमा हरमटारीले जित्यो । यो खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो ।

दोस्रो खेलमा आरुघाट ११ लाई पराजित गर्दै सतिपिपल युथ क्लव सेमिफाईनल प्रवेश गरेको हो । २–१ गोलअन्तरले आरुघाट पराजित बन्यो । यो खेलपनि निकै रोचक बनेको थियो । दर्शकहरु अघिल्लो दिनभन्दा थपिँदो थिए ।

बुधवारको पहिलो खेल दिउँसो १ बजे एभरेष्ट क्लव चितवन र पृथ्वी युथ क्लव बिच हुनेछ भने र दोस्रो खेल दिउँसो ३ बजे खोप्लाङ एफ सि र चाईनिज धारा फेमेलीबिच हुने हरमटारी क्लवका महासचिव किरण ढकालले बताए । ‘बुधवारको खेलपछि क्वाटरफाईनलको खेल सकिनेछ’ उनले भने ‘बिहिवार सेमिफाईनलको खेल हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्