
सुस्तगतिमा बाइक चलाउनेको उपाधि आशिष भट्टलाई
गोरखामा सुस्त गतिमा बाइक चलाउनेको उपाधि आशिष कुमार भट्टले जितेको छ । लियो क्लव अफ गोरखाको ३५ औँ स्थापना दिवसको अवसरमा जिल्ला स्तरीय खुल्ला सुस्त गतिमा बाईक चलाउने प्रतियोगिताका उपाधि भट्टले जितेको हो ।
सो प्रतियोगितामा जीतबहादुर थापा द्वितीय र किशोर डिस्वाल तृतीय भएका छन् ।
प्रतियोगीतामा क्रमसः प्रथम हुनेलाई ट्रफि, एउटा फुल हेलमेट र मेडल, द्वितीय हुनेलाई एउटा फुल हेलमेट र मेडल, र तृतीय हुनेलाई एउटा हाप हेलमेट, बाईक कभर, मेडल र बिजेता सबैजनालाई प्रमाणपत्र पनि प्रदान गरिएको छ ।
तीब्र गति जीवनको क्षति भन्ने मुख्य उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको क्लवका अध्यक्ष बालकृष्ण परियारले जानकारी दिए ।
क्लवका अध्यक्ष बालकृष्ण परियारको अध्यक्षतामा भएको कार्यक्रममा लियो एड्भाईजर लायन श्यामबाबु श्रेष्ठ, जिल्ला ट्राफिक कार्यालय गोरखाका प्रमुख बेदनाथ भण्डारी, अयोध्या जोशि, यम बसेल र लियो पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।




