| आइतवार, कार्तिक २२, २०८३

फागुन ७ गतेबाट हुने गोर्खाली रनिङ कप फुटबलको तयारी पूरा

फागुन ७ गतेबाट हुने गोर्खाली रनिङ कप फुटबलको तयारी पूरा भएको छ । आयोजक हरमटारी क्लवका अनुसार फागुन सात गते हुने उद्घाट खेल याङ्कोट र हरमटारी क्लव ए बीच हुनेछ ।

क्लवले शुक्रबार खेल तालिका सार्वजनिक गरेको अध्यक्ष जीवन गुरुङले बताए । प्रतियोगितामा अलस्टार ११ एफसी, द ओसन क्लव, पृथ्वी युथ क्लव, एभरेष्ट क्लव चितवन, हरमटारी क्लव ए, एङ्कोट युथ क्लव समूह ए मा छन् भने समूह बीमा सतिपिपल क्लव, भीमसेन तारा युवा क्लव, आरुघाट गाउँपालिका, हरमटारी क्लव बी, खोप्लाङ एफसी र चाइनिज धारा फेमली रहेका छन् ।

कोभिडका कारण विगत तीनबर्षसम्म रोकिएको गोर्खाली रनिङकप यसबर्ष हुने भएको हो । जिल्लाभित्र सक्षम तथा स्तरीय खेलाडी तयार गरी बाह्य क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्षम खेलाडी उत्पादन गर्न गोर्खाली रनिङ कपलाई निरन्तरता दिएको क्लवका अध्यक्ष गुरुङले बताए ।

गोर्खाली कप २०७० सालबाट सुरु भएको हो ।
हरमटारीस्थित खेलकुद मैदानमा हुने उक्त प्रतियोगिता संचालनका लागि २५ लाख ५५ हजार रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकले गरेको छ । सोमध्य दुईलाख आयोजकले संस्थाले बेर्होने र अन्य रकम सहयोगी तथा प्रायोजकहरुबाट संकलन गर्ने लक्ष्य राखिएको क्लवका महासचिव किरण ढकालले बताए ।

जिल्लाकै सर्वाधिक पुरस्कार राशीको मानिएको गोर्खाली रनिङ प्रतियोगिता विजेता टिमले नगद दुई लाख २२ हजार २२२ रुपैया र उपविजेता नगद एक लाख ११ हजार १११ रुपैया नगद सहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लवका महासचिव किरण ढकालले बताए । त्यस्तै, सेमिफाइनलिस्ट हुने दुई टिमले क्रमश ५०÷५० हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

सो प्रतियोगितामा विभिन्न विधा अन्तरगत सर्वोत्कृष्ट खेलाडीले रु १५ हजार, सर्वोत्कृष्ट अग्रपंक्ति, सर्वोत्कृष्ट मध्यपंक्ति, सर्वोत्कृष्ट रक्षक, सर्वोत्कृष्ट गोलरक्षक र सर्वोत्कृष्ट गोलकर्तालाई रु ७ हजार ५ सय÷७ हजार ५ सयका दरले नगद पुरस्कार सहितसम्मान गरिने उनले बताए ।

त्यस्तै, हरेक खेलमा एक जना खेलाडीलाई म्याद अफ द म्याच घोषित गरी नगद पुरस्कारसहित सम्मान गर्ने कार्यक्रम रहेको अध्यक्ष गुरुङले जानकारी दिए ।

प्रतियोगिता अवलोकनका लागि हरेक व्यक्तिबाट रु २० रुपैया टिकटको व्यवस्था गरिएको आयोजक हरमटारी क्लव गोरखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्