
बारपाकसुलिकोट गाउँपालिका ८ मा जराङ कप २०७९ हुने
गोरखाको बारपाकसुलिकोट गाउँपालिका ८ मा जराङमा जराङ कप २०७९ हुने भएको छ । जनप्रेमी युवा क्लबको आयोजनामा जराङ कप हुन लागेको हो ।
‘बिकास अनुसासन गतिशीलता’ भन्ने नाराका साथ विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मघेसक्रान्ती को पावन अवसरमा जराङ कप फुटबल आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
जराङ कप फुटबल प्रतियोगितामा प्रथम हुने टिमले नगद रु एक लाख, कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने दोस्रो हुने टिमले नगद रु ५० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीले रु दरु हजार सहित ट्रफी, उत्कृष्ट किपर रु दुई हजार नगद सहित ट्रफी र उत्कृष्ट गोलकर्तालाई रु दुई हजार नगद सहित ट्रफी प्राप्त गर्ने आयोजक जनप्रेमी युवा क्लवले जनाएको छ ।
फुटबल प्रतियोगितामा सहभागिता हुनका लागि रु ८ हजार सहित १५ रुपैया शुल्क तिरेर टिम दर्ता गर्न सकिनेछ । अन्तिम टिम दर्ता पुष ३० गते सम्म रहेको र सोहि दिन टाईसिट प्रकाशन गरिने आयोजक जनप्रेमी युवा क्लवले जनाएको छ ।




