
अजिरकोटमा दोस्रो दशै कप भलिबल प्रतियोगिता हुने
गोरखाको अजिरकोट गाउँपालिका वडा नं ४ गोगनपानीमा दोस्रो दशैँ भलिबल प्रतियोगिता हुने भएको छ । गोगनपानी युवा क्लवको आयोजनामा यही असोज १४ गतेबाट सुरु हुने प्रतियोगिता १६ गतेसम्म संचालन हुनेछ ।
‘गोगनपानी युवा क्लवको शान, समग्र अजिरकोट गाउँपालिकाको खेलकुद क्षेत्रको विकास गराउने हाम्रो अभियान’ भन्ने नारा सहित दोस्रो दशै कप भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको क्लवका वरिष्ठ सल्लाहकार मोहन गुरुङले बताए ।
प्रतियोगितामा तनहुँ, लमजुङ र गोरखाका गरी १८ भन्दा बढी टिम सहभागी हुने उनले जानकारी दिए । भलिबल प्रतियोगितामा प्रथम हुने टिमलाई नगद २५ हजारसहित मेडल र प्रमाणपत्र र दोस्रो हुने टिमलाई नगद १५ हजार मेडल र प्रमाण पत्र दिइने उनले बताए । सो प्रतियोगितामा सर्वोत्कृष्ट हुने खेलाडीलाई रु २ हजार नगदले सम्मान गर्ने बताएको छ । भलिबल प्रतियोगितामा सहभागी हुनका लागि असोज १३ गतेसम्म टिम दर्ता गरिसक्नुपर्ने छ ।
भलिबल नेपालको राष्ट्रिय खेल भएता पनि यो खेल सम्बन्धी गतिविधि कम भएको र भलिबल प्रतियोगिताको आयोजना गरी अजिरकोट गाउँपालिकाको खेलकुद क्षेत्रको विकास गर्नका लागि यो प्रतियोगिता आायोजना गर्न लागेको गोगनपानी युवा क्लवले जनाएको छ ।




