
गोरखामा दृष्टिविहीनहरुका लागि क्रिकेट अभ्यास सुरु
गोरखा सरदमुकामको हरमटारी रंगशालामा दृष्टिविहीनहरुका लागि क्रिकेट अभ्यास सुरु भएको छ । नेत्रहीन व्रिmकेट संघ नेपाल आयोजना तथा गोरखा नेत्रहीन संघको साझेदारीमा पाँच दिने व्रिmकेट अभ्यास सुरु भएको हो
। गोरखा नगरपालिका प्रमुख कृष्णबहादुर राना र प्रमुख जिल्ला अधिकारी शंकहरि आचार्यले आँखामा रुमाल बाँधेर ब्याटिङ र बलिङको गर्दै अभ्यास खेलको उद्घाटन गरेका थिए ।
दृष्टिविहीन भएका व्यक्तिहरुको क्षमता वृद्धि गर्ने र खेल सम्बन्धी रुची बनाउन व्रिmकेट खेल अभ्यास गरिएको गोरखा नेत्रहीन संघका अध्यक्ष पवनकुमार बस्नेतले बताए ।
दृष्टिविहीन अपाङ्ता भएका व्यक्तिहरुले पनि खेलकुदको माध्यमबाट अन्तर्राष्टिूय क्षेत्रमा आफ्नो क्षमता देखाउन सकुन भन्ने उद्देश्यले प्रशिक्षण दिइएको उनले बताए । गोरखामा दृष्टिविहीनहरुका लागि पहिलोपटक व्रिmकेट खेलको अभ्यास गरिएको हो ।
बस्नेतका अनुसार आइतबार देखि सुरु भएको अभ्यास खेल विहिबार सम्म चल्नेछ । अभ्यास खेलमा महिला र पुरुष गरी २९ जनाले सहभागिता जनाएको उनले बताए ।
सो अवधिमा उनीहरुलाई बलिङ, फिल्डिङ, ब्याटिङ कसरी गर्ने भनेर सिकाइने नेत्रहीन व्रिmकेट संघ नेपालका कोषाध्यक्ष उपेन्द्र श्रेष्ठले बताए । दुई जना प्रशिक्षकबाट जिरो लेबलदेखि नै उनीहरुलाई व्रिmकेट सम्बन्धी प्रशिक्षण दिने तयारी छ ।
अभ्यास खेल सम्पन्न भएपछि गोरखाका दुई वटा टिम बन्ने र जिल्ला÷जिल्लाबाट प्रतिस्पर्र्धा गराई उत्कृष्ट भएको टिम प्रदेश स्तरी प्रतियोगितामा सहभागी हुने बताइएको छ ।
नेत्रहीन व्रिmकेट संघ नेपाल २०६३ सालमा स्थापना भएदेखि दृष्टिविहीन महिला र पुरुषलाई व्रिmकेट सम्बन्धी अभ्यासहरु सिकाउदै आएको उनले बताए । यो वर्ष १२ वटा जिल्लामा व्रिmकेटको संस्था विकास गर्ने योजनामा रहेको उनले बताए । नेपालले हरेक वर्ष दृष्टिविहीन व्रिmकेटको विश्वकपमा पनि सहभागिता जनाउँदै आएको छ ।
नेत्रहीन संघ गोरखाको अध्यक्ष पवनकुमार बस्नेतको अध्यक्षता तथा गोरखा नगरपालिका प्रमुख कृष्णबहादुर राना, भीमसेनथापा गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जारा, नेत्रहीन व्रिmकेट संघ नेपालका अध्यक्ष तथा प्रमुख सेनानी पवन घिमिरे, प्रमुख जिल्ला अधिकारी शकरहरि आचार्य लगायतको कार्यक्रममा उपस्थिति थियो ।




