| आइतवार, कार्तिक २२, २०८३

जिल्ला लिगको फाईनल आज, हरमटारी र सतिपिपल भिँड्दै

अखिल नेपाल फुटबल संघ (एन्फा) गोरखाको आयोजनामा जारी जिल्ला लिग फुटबल प्रतियोगिताको फाईनल खेल आज हुँदैछ । हरमटारी क्लव र सतिपिपल क्लवले फाईनल खेल्ने एन्फा गोरखाका महासचिव बिशाल गुरुङले जानकारी दिए ।

फागुन २१ गतेदेखि गोरखा नगरपालिका १० स्थित छेपेटार खेलमैदानमा सुरु भएको प्रतियोगितामा एन्फामा आवद्ध ११ वटा क्लव सहभागी थिए । लिग फुटबलका २८ मध्ये २७ खेल सम्पन्न भईसकेको छ । बिजेतालाई एक लाख र उप बिजेतालाई ५० हजार नगद सहित टूफि, मेडल प्रमाण पत्र दिईने एन्फाले जनाएको छ ।

बिजेता टिमलाई गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्दिर राजिब गुरुङले पुरस्कार बितरण गर्ने शुक्रवार गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गर्दै एन्फा अध्यक्ष दिपेन्द्र श्रेष्ठले बताए । कार्यक्रममा एन्फाका केन्द्रिय अध्यक्ष कर्मा छिरिङ लामाको पनि उपस्थिती रहने उनले बताए ।
प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रदर्शन गर्ने टिम र उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई पाँचवटा बिधामा पुरस्कार प्रदान गरिने एन्फा अध्यक्ष श्रेष्ठले बताए । फाईनलमा पुगेका दुई टिमका सदस्यहरुले शुक्रवार टूफि अनावरण गरेका थिए । आज हुने फाईनल खेलको साउण्ड वेभ गोरखाको फेसबुक पेजबाट प्रत्यक्ष प्रशारण गरिने एन्फाले जनाएको छ । खेल दिउँसो तीन बजेटबाट सुरुहुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्