| आइतवार, कार्तिक २२, २०८३

जिल्ला लिग फुटबलको फाईनलमा हरमटारी र सतिपिपल भिड्ने

गोरखाको छेवेटार स्थित खेलमैदानमा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा सतिपिपल क्लव र हरमटारी क्लव भिड्ने भएका छन् । बुधवार भएको सेमी फाईनल खेलमा बिजेता यी दुई टिम बिच चैत ५ गते फाईनल हुनेछ ।

बु्धवारको पहिलो खेल हरमटारी क्लव र बौद्ध हिमाल क्लव पालुङटार बिच भएको थियो । उक्त खेलमा २–० गोल अन्तरले हरमटारी क्लव बिजयी बन्यो ।

दोस्रो खेल सतिपिपल क्लव र चेपे आदर्श क्लव पालुङटार बिच भएको छ । उक्त खेलमा ४–० गोल अन्तरले सतिपिपल बिजयी बन्यो । अखिल नेपाल फुटबल संघ (एन्फा) गोरखाको आयोजनामा एन्फा गोरखामा आवद्ध ११ क्लव बीच लिग प्रणालीमा खेल भएको हो ।
चैत ५ गतेसम्म गोरखा लिग फुटबल प्रतियोगिता चल्ने एन्फाले जनाएको छ ।

प्रतियोगितामा बिजेतालाई नगद एकलाख र उपबिजेतालाई नगद ५० हजार पुरस्कार प्रदान गरिने एन्फा गोरखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्