| आइतवार, कार्तिक २२, २०८३

शनिवारको खेलमा दि गुर्खाज, सतिपिपल र बौद्ध हिमाल बिजयी

गोरखा नगरपालिका १० छेपेटार खेलमैदानमा जारी जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत शनिवार तीनवटा खेल भएको छ । तीनवटा खेलमा दि गुर्खाज युनाईटेड पाटेचौर, सतिपिपल क्लव र बौद्ध हिमाल क्लव पालुङटार बिजयी भएको छ ।


पहिलो खेलमा सुर्योदय युवा परिवारलाई २–१ ले पराजित गर्दै दि गुर्खाज बिजयी बन्यो । दोस्रो खेलमा सतिपिपल क्लवले ४–० गोल अन्तरले मस्र्याङ्दीलाई पराजित गरेको हो । शनिवारको अन्तिम खेलमा च्याङ्ली स्पोटर्सलाई १–० गोल अन्तरले बौद्ध हिमालले पराजित गरेको हो ।


अखिल नेपाल फुटबल संघ (एन्फा) गोरखाको आयोजनामा एन्फा गोरखामा आवद्ध ११ क्लव बीच लिग प्रणालीमा खेल चलिरहेको छ । चैत ५ गतेसम्म गोरखा लिग फुटबल प्रतियोगिता चल्ने एन्फाले जनाएको छ ।

प्रतियोगितामा बिजेतालाई नगद एकलाख र उपबिजेतालाई नगद ५० हजार पुरस्कार प्रदान गरिने एन्फा गोरखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए । कोभिडका कारण २०७६ पछि गोरखामा लिग फुटबल गर्न नसकिएको एन्फाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्