| आइतवार, कार्तिक २२, २०८३

मंगलवारको खेलमा सतिपिपल, दि गुर्खाज र सुर्योदय बिजयी

गोरखा नगरपालिका १० छेपेटार खेलमैदानमा जारी जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत मंगलवार तीनवटा खेल भएको छ ।
पहिलो खेलमा सतिपिपल क्लवले बौद्ध हिमाल क्लव पालुङटारलाई ४–१ गोल अन्तरले पराजित गरेको छ ।

दोस्रो खेलमा दि गुर्खाज युनाईटेड पाटेचौरले मस्र्याङ्दी क्लवलाई २–० गोल अन्तरले पराजित गरेको एन्फा गोरखाका महासचिव बिशाल गुरुङले बताए । मंगलवारको अन्तिम खेल सुर्योदय युवा क्लव छेपेटार र च्याङली स्पोटर्स क्लव बिच भएको थियो । उक्त खेलमा ३–२ गोल अन्तरले सुर्योदय बिजयी बन्यो ।


बुधवार १ बजे तालदेवी युवा क्लव र चेपे आदर्श क्लव पालुङटार बिच पहिलो खेल हुनेछ भने दोस्रो खेल हरमटारी क्लव र आदर्श युवा क्लव बिच हुने एन्फाले जनाएको छ ।


अखिल नेपाल फुटबल संघ (एन्फा) गोरखाको आयोजनामा एन्फा गोरखामा आवद्ध ११ क्लव बीच लिग प्रणालीमा खेल चलिरहेको छ । चैत ५ गतेसम्म गोरखा लिग फुटबल प्रतियोगिता चल्ने एन्फाले जनाएको छ । प्रतियोगितामा बिजेतालाई नगद एकलाख र उपबिजेतालाई नगद ५० हजार पुरस्कार प्रदान गरिने एन्फा गोरखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए । कोभिडका कारण २०७६ पछि गोरखामा लिग फुटबल गर्न नसकिएको एन्फाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्