
संगम भेट्रान्स पोखराले जित्यो गोरखा मेयर कप उपाधि
गोरखा मेयर भेट्रान्स कप २०७८ को उपाधि संगभ भेट्रान्स पोखराले जितेको छ । गोरखा नगरपालिका वडा नं ९ स्थित दल भञ्ज्याङको कृत्रिम घाँसे मैदानमा शुक्रबार भएको फाइनल खेलामा संगभ भेट्रान्सले बत्तिसपुतली भेट्रान्स काठमाडौलाइ हराएकोे हो ।
संगम भेट्रास पोखराले बत्तिसपुतली भेट्रान्स काठमाडौलाई १०–३ गोल अन्तरले पराजित गरेको आयोजक द ओसन क्लवका अध्यक्ष अमित खत्रीले बताए । बिजेत पोखराले एक लाख नगद पुरस्कार पाएको छ भने उप बिजेतामा चित्त बुझाएको बत्तिसपुतलीले नगद ५० हजार रुपैयाँ नगद पुरस्कार पाएको छ । साथमा यी दुबै टिमले ट्रफि, मेडल, प्रमाणपत्र पाएका छन् ।
प्रतियोगितामा चितवन, तनहुँ, कास्की, बारा, लमजुङ, नुवाकोट, झापा, नवलपुर, स्याङजा, काठमाडौको र गोरखा गरी १२ जिल्लाका १६ टिमको सहभागिता रहने उनले जानकारी दिए । महाशिवरात्रीको अवसरमा १७ गते देखि ४० वर्ष माथिका खेलाडीको सहभागितामा भेट्रान्स कप सुरु भएको थियो ।
जिल्लाको फुटबलमा योगदान पु¥याउने अमृत भण्डारीलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड, क्लवका उत्कृष्ट खेलाडीका रुपमा सुबास मग्रातीलाई ओेसन बर्ष खेलाडको पुरस्कार प्रदान गरिएको द ओसन क्लवका अध्यक्ष अमित खत्रीले बताए ।




