
मैत्रीपुर्ण फुटबलमा गोरखा नगरपालिका विजयी
गोरखा नगरपालिका र पालुङटार नगरपालिका बीच शुक्रबार भएको मैत्रीपुर्ण फुटबल खेलमा गोरखा नगरपालिका विजय बनेको छ ।
प्रतियोगितामा गोरखा नगरपालिकाले पालुङटार नगरपालिकालाई ४–२ को गोल अन्तरले पराजित गरेको हो ।
गोरखा नगरपालिका ९ दल भञ्ज्याङ स्थित द ओसन क्लवको कृत्रिम घाँसे मैदानमा प्रतियोगिता भएको हो ।
खेलमा गोरखा नगरपालिका मेयर राजनरा पन्त, पालुङटार नगरपालिकाका मेयर दिपक कंडेल लगायत जनप्रतिनिधि र कर्मचारी सहभागिता थियो ।




