| आइतवार, कार्तिक २२, २०८३

आजदेखि गोरखा मेयर भेट्रान्स कप २०७८ सुरु

गोरखामा आजदेखि दोस्रो मेयर भेट्रान्स कप सुरु हुने भएको छ । गोरखा सदरमुकाममा सोमवार पत्रकार सम्मेलन गर्दै द ओसन क्लवले गोरखा नगरपालिका वडा ९ दलभज्याङमा रहेको कृक्रिम घाँसे मैदानमा प्रतियोगिता गर्न लागेको जनाएको छ ।

मंगलवार दिउँसो तिन बजेबाट सुरु हुने उद्घाटनमा खेलमा युनिटी चितवन र अलस्टार आबुँखैरेनी बीच प्रतिस्पर्धा हुने क्लवका अध्यक्ष अमित खत्रीले बताए । उक्त प्रतियोगितामा ४० वर्ष माथिका उमेर समूह व्यक्तिहरुले खेल्नेछन् । १७ गतेबाट सुरु भएको प्रतियोगिता २० गते सकिनेछ ।

प्रतियोगितामा चितवन, तनहुँ, कास्की, बारा, लमजुङ, नुवाकोट, झापा, नवलपुर, स्याङजा, काठमाडौको र गोरखा गरी १२ जिल्लाका १६ टिमको सहभागिता रहने उनले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद रु एक लाख सहित ट्रफी मेडल, प्रमाणपत्र पाउनेछन् । दोस्रो हुने टिमले नगद रु ५० हजार सहित ट्रफि, मेडल, प्रमाणपत्र र खेल अवधिभर उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीलाई सम्मान गरिने क्लव अध्यक्ष अमित खत्रीले जानकारी दिए । गोरखा नगरपालिकाको सहयोग र सुरेन हर्ट प्रालीको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगिता संचालन गर्न तीन लाख २० हजार खर्च हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्