
चैत ४ मा लिगलिगे साइकल दौडको दोस्रो श्रृङ्खला हुने
प्रसिद्ध ऐतिहासिक स्थल लिगलिगकोटको प्रचारप्रसार गरी पर्यटन विकास गर्ने उद्देश्यले ‘दोस्रो लिगलिगे साईकल दौड’ हुने भएको छ ।
पालुङटार नगरपालिकाको सहयोग र नेपाल साइकल संघको सहकार्यमा लिगलिग भिलेज स्पोटर्सले यही चैतको चार गते साइकल दौडको आयोजना गर्ने भएको हो ।
५२.९ किलोमिटरको खुल्ला साइकल दौडमा पहिलो दोस्रो तेस्रो, देखि दशौँसम्म हुनेलाई क्रमसः २५ हजार, २०, १५, १०, पाँचहजार, दुई हजार पाँच सय, दुई हजार, एक हजार पाँच सय, तीन जनालाई प्रदान गरिने लिगलिग भिलेज स्पोटर्सका अध्यक्ष संजिव राना मगरले बताए ।
महिलातर्फ पनि सोही अनुसार १० जनालाई नगदसहित पुरस्कार प्रदान गरिनेछ । गण्डकी प्रदेशतर्फको प्रतियोगितामा पहिलोदेखि तेस्रो हुनेलाई नगद पाँच हजार, तीन हजार र दुई हजार पाँच सय प्रदान गरिने छ । यो बिधा पनि महिला र पुरुषका छुट्टाछुट्टै छन् ।
पालुङटार नगरपालिका भित्रका स्थानीय महिला पुरुषका लागि छुट्टाछुट्टै बिजेता घोषाण गरिनेछ । दुई हजार पाँच सय, दुई हजार र एक हजार पुरस्कार प्रदान गरिने अध्यक्ष राना मगरले बताए ।
यो वर्ष राजिष्ट्रेशनका लागि नेपाली र विदेशी सबैलाई दुई हजार रुपैया मात्र तिर्नुपर्ने उनले बताए । प्रतियोगितामा सहभागीलाई दुई रात बसोबासको ब्यवस्था गरिएको रानामगरले बताए ।
लिगलिगे साईकल दौडको फेसबुक पेजबाट अनलाई फर्म भर्न र ईसेवाबाट पनि रजिष्टेूशन गर्न सकिनेछ ।
खुल्ला रुपमा गर्न लागिएको उक्त प्रतियोगिताका लागि २० लाख रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकको छ ।
जसका लागि पालुङटार नगरपालिबाट पाँच लाख रुपैया विनियोजना गरिएको छ । पुरस्कार राशीका लागि युवा तथा खेलकुद मन्त्रालय, गण्डकी प्रदेशले दुईलाख रुपैयाँ उपलब्ध गराएको र बाँकी रकम जुटाउन बाँकी रहेको आयोजक संस्थाका प्रतिनिधि विजय पाण्डेले बताए ।
सो कार्यक्रमका लागि गोरखा नगरपालिका, सिरानचोक गाउँपालिका, राइनास नगरपालिकाले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको उनले बताए । दौड प्रतियोगितामा सहभागी हुनका लाग फागुन १० गतेबाट रजिष्ट्रेशन खुल्ला गरिएको लिगलिग भिलेज स्पोटर्सका अध्यक्ष सञ्जीव राना मगरले बताए ।
लिगलिगकोटबाट सुरु हुने साइकल दौड प्रतियोगिता आँपपिपल, हर्मी भञ्ज्याङ, थापागाउँ, आँपपिपल हस्पिटल, सिर्दिखोला, भण्डारथोक हुँदै लमजुङको रागिनास नगरपालिका ७ स्थित गरमबेशी, चेपे दोभान हुँदै पालुङटार एयरपोर्ट आइपुग्नेछ । त्यहाँबाट ताल पोखरी, ठाँटी पोखरी, लुईटेल हुँदै सभाचौतारोबाट लिगलिगकोट पुग्ने गरी रुट तय गरिएको छ ।
‘पालुङटार र लिगलिगकोटको प्रचार प्रसार गर्नका लागि साईकल दौड राखिएको हो’, लिगलिग भिलेज स्पोटर्सका अध्यक्ष राना मगरले भने, ‘एकदिन हामीले कार्यक्रम आयोजना गरेर वर्ष भरि साईकलयात्री यहाँ आउन र यहाँको आर्थिक गतिविधि बढोस् भन्ने चाहना हो ।’ प्रतियोगितापछि बिभिन्न समुहमा आउनेलाई सशुल्क साईकल रेस गराउने गरी टूेल पहिचान गरिने उनले बताए ।
चेपे दोभानदेखि लिगलिगकोटसम्म दौडेर राजा हुने परम्परा रहेको त्यहाँ साईकल रेस प्रतियोगिताले पालुङटारको पहिचान अझै बढ्ने नगरप्रमुख दिपकबाबु कँडेलले बताए ।
नेपालमा प्रख्यात र ब्यवशायिक रुपमा साईकल रेस गर्ने खेलाडीहरु आउने भएकाले पालुङटारको प्रचारसँगै दीर्घकालीन रुपमा स्थानीयको आयस्रोतमा सकारात्मक प्रभाव पर्ने उनले बताए ।




