| आइतवार, कार्तिक २२, २०८३

सन्दीपको बलमा मुम्बईका सूर्यकुमार आउट

आईपीएल अक्सन आजबाट : के सन्दीप पनि पर्लान त रोजाइमा ?

चर्चित भारतीय फ्रेन्चाईज इन्डियन प्रिमियर लिग(आईपीएल) टी२० क्रिकेटका लागि आजबाट मेगा अक्सन हुँदैछ। भारतको बैंगलोरमा दुई दिनसम्म हुने मेगा अक्सनमा ५ सय ९० खेलाडीहरु रहेका छन्।

मेगा अक्सनमा आईपीएल खेल्नका लागि एक मात्र नेपाली खेलाडी सन्दीप लामिछानेको नाम पनि रहेको छ। सन्दीपले यस अघि सन् २०१८मा पहिलो पटक दिल्ली क्यापिटल्समा अनुबन्ध हुँदै आइपीएलमा डेब्यु गरेका हुन्। गत सिजनमा कुनै टिमको नजरमा पर्न नसकेका सन्दीप यस पटक पने कुनै न कुनै टिमले उनलाई अनुबन्ध गर्ने सम्भावना बढी रहेको छ। किनकी यस पटक आईपीएलमा थप दुई टीमले सहभागीता जनाउँदैछन्।

सन्दीपले यसपटक आईपीएल अक्सनमा आफ्नो बेस प्राइज ४० लाख भारु राखेका छन्। नेपालबाट अक्सनका लागि १५ खेलाडीले नाम दर्ता गराएका थिए तर अन्तिममा सन्दीप मात्र मेगा अक्सनका लागि छनोटमा परेका हुन्।

यस संस्करणको आईपीएल प्रतियोगीता मार्च अन्तिम साताबाट हुने बताइएको छ।अन्नपुर्णपोष्टबाट

प्रतिक्रिया दिनुहोस्