| आइतवार, कार्तिक २२, २०८३

जराङ कपको उपाधी आरुघाट एफसी लाई

जराङ कप २०७८ को उपाधी आरुघाट एफसी ले उचालेको छ । जनप्रेमी युवा क्लवको आयोजनामा गोरखाको बारपाक सुलिकोट ८ जराङमा भएको प्रतियोगिताको फाईनलमा ढुङ्गेटार एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै आरुघाटले उपाधी उचालेको हो ।

सेमिफाईनलमा आरुघाटले आयोजक जनप्रेमी युवा क्लवलाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो भने ढुङ्गेटारले न्यू दौँतरी युवा क्लव चित्रेपोखरीलाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।


बिजेता आरुघाटले ७७ हजार नगद सहित कप, मेडल र प्रमाण पत्र पाएको छ भने उप बिजेता ढुङ्गेटार एफसीले ३६ हजार, मेडल र प्रमाण पत्र पाएको छ । प्रतियोगितामा २८ टिम सहभागी थिए ।


माघ १ देखि ५ गते सम्म चलेको प्रतियोगितामा उत्कृष्ठ खेलाडीलाई ट्रफि मेडल सहित सम्मान गरिएको प्रतियोगिताका आर्थिक संयोजक रमेश बरामले बताए । बिकास अनुशासन गतिशिलता भन्ने नारा सहित जनप्रेमी युवा क्लवले जराङ कप गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्