| आइतवार, कार्तिक २२, २०८३

विश्वकपमा आत्माघाती गोल हानेपछि मृत्युदण्ड पाए आन्द्रे एस्कोबारले

विश्वकपमा आत्माघाती गोल हानेपछि मृत्युदण्ड पाए आन्द्रे एस्कोबारले

जारी विश्वकपमा मोरोक्कोले गरेको आत्मघाति गोलका कारण इरानले जितहासिल गेरपछि एउटा पुरानो घट्नालाई ताजा बनाईदिएको छ ।

घट्ना आजभन्दा २४ बर्ष पहिलेको हो, जब कोलम्बियाका फुटबल खेलाडी आन्द्रे एस्कोबारले १९९४ को विश्वकप खेलमा एक आत्मघाती गोलको मुल्यमा आफनो ज्यान गुमाउनु परेको थियो ।Image result for andres escobar

२२ जून १९९४ मा कोलम्बिया र अमेरिकाबीच भैरहेको महत्वपूर्ण खेलमा कोलम्बियाली फुटबल टिमले १–२ को हार सामना गर्नुपर्यो । यस खेलको क्रममा कोलम्बियाको तर्फबाट डिफेन्डर आन्द्रे एस्कोबारले एक आत्माघाती गोल गरेका थिए ।

हार ब्यहोरेको कोलक्बियाको टिम यो खेलसंगै विश्वकपबाट बाहिरिएको थियो । विश्वकपमा हार ब्यहोरेको कोलम्बिया घर फर्किएको ठिक दश दिनपछि यो घट्ना घट्न पुगेको थियो ।

२ जूलाई १९९४ मा आन्द्रे एस्कोबार उनको शहर मेडिलिनमा एक पब बाहिर उभिएको समयमा उनीमाथि गोलि प्रहार भएको थियो । नाइट क्लबको बाहिर कार पाकिङ गर्ने ठाउँमा तीन जानाको समुहमा रहेको अज्ञात समुहले उनीमाथि अन्धाधुँन्द गोलिचलाउदा उनको मृत्यु भएको थियो ।Image result for andres escobar

बिहान ३ बजेको समयमा भएको यस धटनामा उनको शरिरमा बाह्र राउन्ड गोलि प्रहार भएको थियो । जुन धटनालाई उनले गरेको आत्मधाति गोलको परिणामको रुपमा हेरिन्छ ।

एक रिपोटका अनुसार आन्द्रेमाथि गोली चलाउनुभन्दा पहिले हमलाकारीले ‘आत्मधाति गोलकोलागी धन्यबाद’ भन्दै गोलि चलाएका थिए । आक्रमणकारीले गोली चलाईरहँदा आन्द्रेले गोल गोल भन्दै कराएका थिए । घट्नालगतै आन्द्रेलाई अस्पताल लगिएपनि उनलाई बचाउन सकिएन । उनको शबयात्रामा करिब १२०,००० मालामीको सहभागीता थियो ।Image result for andres escobar

प्रतिक्रिया दिनुहोस्