
पृथ्वी जयन्तीको अवसरमा रोट्रर्याक गोरखाले खुल्ला दौड प्रतियोगिता आयोजना गर्ने
रोट्रर्याक क्लव अफ गोरखाको आयोजनामा जिल्ला सदरमुकाममा खुल्ला दौड प्रतियोगिता हुने भएको छ । ३ सय औँ पृथ्वी जयन्तीको अवसरमा पुष २६ गते दौड प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा सहभागिता जनाउनका लागि फर्म खुलिसकेको क्लवले जनाएको छ । दौड प्रतियोगितामा सहभागिताका हुनका लागि दर्ता शुल्क पाँच सय रहेको बताउदै होलिडे रेष्टुरेन्ट एण्ड बारबाट फर्म भर्न सकिन क्लवका अध्यक्ष समिर श्रेष्ष्ठले जानकारी दिए ।
उनका अनुसार पुष २५ गते दिउसो सम्म फर्म भर्न पाइनेछ । २६ गते विहान ६ बजे दौड सुरु हुने उनले बताए ।
पस्लाङ्गको चौताराबाट सुरु हुने दौड प्रतियोगिता कालोवर, नयाँबजार, पुरानो बसपार्क, हरमटारी, गोरखा अस्पताल, ठूलो आँगन, ब्रिटिस क्याम्प, सतिपिपल चोक, चिल्ड्रेन पार्क, रोटेपानी, विपिचोक हुदै ठूलो आँगनमा आएर टुङ्गिने छ ।
दौड प्रतियोगितामा प्रथम हुनेलाई नगद १५ हजार सहित मेडल र प्रमाण पत्र दिइनेछ । प्रतियोगितामा द्धितीय, तृतीय र सन्तवनालाई क्रमश नगद १०, ७, ५ हजार सहित मेडल र प्रमाणपत्र दिइने रोट्रर्याक क्लव अफ गोरखाले जनाएको छ ।




