| बिहिबार, असार १०, २०८३

गोरखामा फागुन ७ गतेबाट सातौँ गोर्खाली रनिङ कप हुने

गोरखामा सातौँ गोर्खाली रनिङ कप २०७८ हुने भएको छ । सदरमुकाममा मंगलबार पत्रकार सम्मेलन गर्दै आयोजक हरमटारी क्लव गोरखाले आउँदो फागुन ७ गतेदेखि सातौ गोर्खाली रनिङ कप गर्ने घोषणा गरेको हो ।


गोरखा सदरमुकामको हरमटारी खेलकुद मैदानमा हुन लागेको प्रतियोगितामा स्थानीय र राष्ट्रिय स्तरका क्लवहरु गरी १६ टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।
एउटा टिममा चार जना विदेशी खेलाडी सहभागी हुन पाउनेछन् भने एउटा खेलमा तीन जना सम्म मैदामा खेल्न पाउने नियम आयोजनकले बनाएको छ । फागुन ७ गतेबाट सुरु हुने उक्त प्रतियोगिता १४ सम्म चल्नेछ ।


विहान ७ बजे देखि ११ बजे सम्म र १ बजे देखि ५ सम्म नियमित प्रतियोगिता संचालन गरिने आयोजक हरमटारी क्लवका अध्यक्ष बिशाल गुरुङले बताए । यस अघि कोरोनाको प्रभावले २०७६/७७ मा दुई वर्ष गोर्खाली रनिङ कप आयोजन गर्न नसकिएको क्लवले जनाएको छ । ‘अब भने हामी गोर्खाली रनिङ कपलाई निरन्तरता दिनेछौँ’ उनले भने ।
गोर्खाली रनिङ कपको बिजेट टिमले दुई लाख २२ हजार दुई सय २२ रुपैयाँ पुरस्कार पाउनेछन् भने उप बिजेताले एक लाख एघार हजार एक सय ११ रुपैयाँ र सेमिफाइनलमा पुग्ने दुई टीमलाई ५५-५५ हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ ।


बिभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई समेत पुरस्कारको व्यवस्था गरिएको क्लवका महासचिव अनिल श्रेष्ठले बताए ।
प्रतियोगिता अवधिभर सर्वोकृष्ट खेलाडीलाई नगद १५ हजार, सर्वोत्कृष्ट अग्रपक्तिलाई र सर्वोत्कृष्ट मध्यपक्ति, सर्वोत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट गोलकर्तालाई पनि नगद ७ हजार पाँच बराबरको दरले नगद दिने आयोजकले जनाएको छ । सातौँ गोरखकाली रनिङ कप सम्पन्न गर्नका लागि करिब २५ लाख ६६ हजार खर्च हुने महासचिव श्रेष्ठले बताए ।

खेलकुदको माध्यमबाट गोर्खाली खेलाडी उत्पादन गर्न र जिल्लाको प्रचार प्रसारका लागि गोर्खाली रनिङ कप आयोजना गरिएको हरमटारी क्लवले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्