| आइतवार, कार्तिक २२, २०८३

प्रथम धार्चे चेयरमेन कप राष्ट्रिय कराते प्रतियोगिता सम्पन्न

गोरखाको धार्चे गाउँपालिकामा प्रथम धार्चे चेयरमेन कप कराते प्रतियोगिता २०७८ सम्पन्न भएको छ । धार्चे गाउँपालिका खेलकुद विकास समितिको आयोजना तथा गाउँपालिका आर्थिक सहयोगमा शनिबार गाउँपालिका केन्द्र माछाखोलामा राष्ट्रिय स्तरको कराते प्रतियोगिता सम्पन्न भएको हो ।

खेलकुद मार्पत धार्चेलाई चिनाउन चेयरमेन कप राष्ट्रिय कराते प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए । कराते प्रतियोगितामा महिला तर्फ ४० केजी, ४५ केजी र ५० केजी तौल समूहमा प्रतिस्पर्धा भएको थियो । पुरुष तर्फ ५० केजी र ५५ केजी तौल समूहको प्रतिस्पर्धा भएको अध्यक्ष गुरुङले जानकारी दिए । त्यस्तै महिला र पुरुष छुट्टा छुट्टै खुल्ला दौड प्रतियोगिता समेत आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।


प्रतियोगिताको महिला तर्पm ४० केजी तौल समूहमा गर्मिला तामाङ प्रमथ, सृष्टी शाही द्धितीय र कुशुम कुमारी तृतीय भएकी छिन् । तामाङ र शाही काठमाडौका हुन भने कुमारी विरगंजकी हुन् । त्यस्तै ४५ केजी समूहमा रदिशा भण्डारी प्रथम, विनिता कुमारी द्धितीय र रुपा तामाङ तृतीय भएकी छिन । भण्डारी पर्सा, कुमारी विरगंज र तामाङ काठकाडौ हुन् । महिला तर्फ नै ५० केजी तौल समूहमा करीष्मा कार्की(काभ्रे) प्रथम, अस्मिता धरेल(विरगंज) द्धितीय र प्रिया सिंह राजपुत(महोत्तरी) तृतीय भएको पालिका अध्यक्ष गुरुङले जानकारी दिए । खुल्ला तौल समूहमा प्रतियोगितामा महिला तर्पबाट स्नेहा महत्तो(पर्सा) प्रथम, दिपा श्रेष्ठ(काठमाडौ) द्धितीय र सोफिला तामाङ (काठमाडौ तृतीय भएकी छिन् ।


त्यस्तै पुरुष तर्पm ५० केजी तौल समूहमा विशाल कुरवार(पर्सा) प्रथम, सुनिल तामाङ(काभ्रे) द्धितीय र सिधु परेल(विरगंज) तृतीय भएको गाउँपालिकाले जनाएको छ । पुरुष तर्फ नै ५५ केजी तौल समूहमा दिनेश भाम(काभ्रे) प्रथम, होम बहादुर राई(बनेपा) द्धितीय र मनोज पाण्डे(काठमाडौ) तृतीय भएका छन् । पुरुष तर्फ खुल्ला तौल समूहमा प्रतियोगितामा अमित श्रेष्ठ(काठमाण्डौ) प्रथम, रामेश्वर प्रसाद पटेल(विरगंज) द्धितीय र रिदुप दोर्जे तामाङ(काठमाडौ)तृतीय भएको गुरुङले जानकारी दिए ।
उनीहरु नगद, मेडल र प्रमाणपत्रले सम्मान गरिएको गुरुङले बताए ।


प्रतियोगितामा २२ जिल्लाका पुरुष ४३ जना र महिला ४० जना गरी ८३ जना खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ । कराते खेल माफत धार्चेलाई चिनाउन, खेलाडी उत्पादन गर्न, युवाहरुलाई कुलतबाट जोगाउन, धार्चेमा व्यवसायिक रुपमा करोत खेलाडी उत्पादन गर्न करोत प्रतियोगिता आयोजना गरिएको गुरुङले बताए ।


धार्चे खेलकुद विकास समितिका अध्यक्ष सागर गुरुङको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष सन्तोष गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राष्टिूय खेलकुद परिषदका कानुनी सल्लाहकार प्रमुख नारायण राज अर्याल, नेपाल एटिनी क्याकोसिं करोत संघको अध्यक्ष प्रदिप थापा लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्