
शिक्षकहरुको भलिबल प्रतियोगितामा रत्नराज्य मावि बिजयी
गोरखा नगरपालिका भित्रका विद्यालयमा अध्यापन गराउने शिक्षकहरु बिच भएको भलिबल प्रतियोगिताको उपाधी रत्नराज्य मावि बिरेनचोकले जितेको छ ।
प्रतियोगितामा महेन्द्र मावि कुन्दुर दोस्रो, सरस्वती मावि आहाले र महालक्ष्मी मावि लक्ष्मीबजार तेस्रो भए ।
बिजेता विद्यालयले क्रमैसँगै नगद आठ, छ र तीन\तीन हजार रुपैयाँ नगद सहित मेडल र प्रमाणपत्र पाएका छन् । नगरपालिका भित्रका केही विद्यालय सम्मिलित फोरम एमएमआरटीको आयोजनामा शुक्रवार र शनिवार प्रतियोगिता भएको हो । प्रतियोगितामा बिभिन्न विद्यालयमा १० टिम सहभागी रहेको रत्नराज्य माविका प्रधानाध्यापक तेजबहादुर नेपालीले बताए ।
नेपाल शिक्षक महासंघ जिल्ला समिति गोरखाका अध्यक्ष धु्रबकुमार भट्टको अध्यक्षतामा भएको कार्यक्रममा तेजबहादुर नेपाली, गोपालबाबु मरहट्टा, उदयबहादुर भट्ट, गोनपा १० का वडा अध्यक्ष देवीबहादुर बस्नेत, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष धनबहादुर आले, सहायक प्रधानाध्यापक सुनिता सापकोटा लगायतले धारणा राखेका थिए । मैत्रीपूर्ण भलिबल प्रतियोगिताले शिक्षकहरु बिच मेलमिलापको बिकास सँगै शैक्षिक गुणस्तरवृद्धीमा पनि सहकार्य गर्ने अवसर मिलेको रत्नराज्य माविका प्रअ नेपालीले बताए ।




